शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेट छनोटः अफगानिस्तानबाट नेपाललाई १९६ रनको लक्ष्य

मङ्गलबार, १० साउन २०७४, १३ : ३३
मङ्गलबार, १० साउन २०७४

काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि ९यु १९० विश्वकप छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५को योगफल बनायो । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले ११४ बलमा पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए । 

त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका अर्का ओपनर नवीद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ तथा कप्तान सन्दस्प लामिछाने र पवन शर्राफले एक एक विकेट हात पारे । डबल राउण्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगिताअन्तर्गतका यसअघि भएका पाँच खेलमा नेपालले चार खेल जितेको छ । 

प्रतियोगितामा यसअघिको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । विश्वकपमा आफनो स्थान सुरक्षित गर्न नेपालले अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गर्नुपर्नेछ अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । रन रेट कम भएमा अफगानिस्तानलाई हराए पनि नेपाल विश्वकपका लागि छनोट हुने सम्भावना छैन । 

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुने प्रावधान छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप