बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र नेदरल्याण्डको भलिबल संघबीच सहकार्यका लागि सम्झौता

मङ्गलबार, १० साउन २०७४, १३ : २०
मङ्गलबार, १० साउन २०७४

काठमाडौँ – नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिने लक्ष्यले नेपाल भित्रीएका नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेल र प्रशिक्षक विजललाई सोमबार स्वागत गरिएको छ । 


राजधानीमा आयोजित कार्यक्रमका बीच नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले प्रशिक्षकलाई स्वागत गरेका थिए । 
स्वागत कार्यक्रममा नेपाल भलिबल संघ र नेदरल्यान्ड भलिबल संघवीच सहमति स्वरुप पाँच बुँदे सम्झौता भएको छ । पाँच बुँदे सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष शर्मा र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान टरेलले हस्ताक्षर गरेका थिए । 


सम्झौतामा नेदरल्यान्ड भलिबल संघको सहयोगमा सन् २०१९ सम्म राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक उपलब्ध गराउने, बल र नेटलगायतका सामग्री उपलब्ध गराउने, भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने, र दुवै राष्ट्रका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि पहल गर्ने तथा नेपाली प्रशिक्षकलाई तालिम दिने बुँदा समेटिएको छ । कार्यक्रममा विकास व्यवस्थापक टरेलले पाँचौं पटक नेपाल भ्रमणमा आएको बताउँदै नेपाली भलिबललाई उचाईमा पु¥याउन नेदरल्यान्ड भलिबल संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले नेदरल्यान्डबाट उपलब्ध गराउने सहयोगको पारदर्शीताका लागि दुवै संघका प्रतिनिधि रहने गरी समिति गठन गरिने उल्लेख गरे । 


नेदरल्यान्डका प्रशिक्षक विजलले नेपाली टोलीको खेल युट्युवमा भिडियो हेरेको बताउँँदै नेपाली टोली प्राविधिक रुपमा उत्कृष्ट र मेहनती रहेकाले सहयोगमा कुनै कसर बाकीँ नराख्ने तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग जुटाउन तत्पर रहने प्रतिबद्धता जनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप