शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्षमता वृद्धि गरेर वैदेशिक रोजगारीमा जानुपर्छ : प्रदेश सभामुख

बिहीबार, १३ मङ्सिर २०७५, २१ : ०७
बिहीबार, १३ मङ्सिर २०७५

विराटनगर । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले युवाले सीप र क्षमतामा वृद्धि गरी वैदेशिक रोजगारीमा जानुपर्ने बताएका छन् । 

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित मौलिक हक कार्यान्वयनमा प्रदेश सरकार तथा संसद्को भूमिका तथा प्रदेशमा ‘आप्रवासी कामदार र तिनका परिवारको अवस्था’ विषयक छलफलमा उनले वैदेशिक राजगारीबाट प्राप्त विप्रेषण रकम विलाशितामा खर्च नगरी उत्पादन क्षेत्रमा लगाए राष्ट्र र परिवार समृृद्ध हुने बताए । 

आयोगका आयुक्त सुदीप पाठकले कमजोर, दलितविरुद्ध विभेद अन्य गर्न तथा उनीहरुको मानव अधिकार संरक्षण गर्न प्रदेश सरकार, नागरिक समाज तथा जनप्रतिनिसँग आग्रह गरे । 

आव २०७४/७५ सम्ममा नेपालबाट एक लाख ८७ हजार महिलासहित ४९ लाख ७६ हजारले श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । 

गत आर्थिक वर्षमा प्रदेश नं १ बाट वैदेशिक रोजगारीमा गएकामध्ये मोरङ जिल्लाबाट ४० जनासहित १८१ जनाको मृत्यु भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप