शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा खुल्यो यमाहाको नयाँ शोरुम

बिहीबार, १३ मङ्सिर २०७५, २० : ४०
बिहीबार, १३ मङ्सिर २०७५

ओखलढुंगा । ओखलढुंगामा यमाहाको नयाँ शोरुम सञ्चालनमा आएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा यमाहाको शोरुम सञ्चालनमा आएको हो । 

जिल्लामा दुई पांग्रे (बाईक)सवारी साधनका ग्राहकहरु बढेसँगै शोरुम सञ्चालनमा ल्याइएको यमाहाको आधिकारिक बिक्रेता न्यु भोलेबाबा सर्भिस एण्ड सप्लायर्सले जनाएको छ । 

बिहीबार एक कार्यक्रमको अयोजना गरी जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले शोरुमको उद्घाटन गरे ।

नयाँ शोरुममा यमाहाका विभिन्न ब्राण्डका मोटरबाईकहरु, स्पेयर पार्टसलगायतका सुविधा उपलब्ध रहेको रहेको शोरुम सञ्चालक रुद्र सुवेदीले बताए । 

मोटरसाइकल किन्न र सर्भिसिङ गर्न काठमाडौं, विराटनगर धाउनुपर्ने बाध्यता हटाउनका लागि शोरुम सञ्चालनमा ल्याइएको सुवेदीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप