शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्डका सिइओ जोशीलाई  “च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८”, जोेशी उक्त सम्मान पाउने पहिलो व्यक्ति

बिहीबार, १३ मङ्सिर २०७५, १९ : १३
बिहीबार, १३ मङ्सिर २०७५

काठमाडौं – पाटा नेपाल च्यापटरले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा पाटा नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष दीपकराज जोशीलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ ।

यही ८ नोभेम्बर २०१८ मा वेलायतको राजधानी लन्डनमा आयोजित “ईन्टरनेशनल ट्राभल क्राइसिस म्यानेजमेन्ट समिट्” समारोहबीच दीपकराज जोशीले “ईन्टरनेशनल इन्स्टिच्यूट फर पीस थ्रु ट्राभल एण्ड टुरिजम” नामक संस्थाबाट प्राप्त गरेको “च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८” नेपाली पर्यटन क्षेत्रकै लागि सम्मान तथा गौरवको विषय भएको भन्दै पाटाले जोशीलाई सम्मान गरेको हो ।

जोशी यो अवार्ड पाउने प्रथम नेपाली हुन् । अन्तर्राष्ट्रिय पर्यटन शान्तिदूतका रुपमा पुरस्कृत जोशीले प्राप्त गरेको यस महत्वपूर्ण उपलब्धीको सम्मान तथा उच्च कदर गर्दै यस संस्थाले उनको सम्मान गरेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । 

बोर्डका सिइओ जोशीले आफुले धेरै अतिरिक्त परिश्रम नगरी सामान्य दायित्व निर्बाह गर्दै आएको र आफूले पाप्त गरेको सम्मान सम्पूर्ण पर्यटन क्षेत्रको लागि प्राप्त सम्मान भएको बताए । उनले आफू विषम परिस्थितिका काम गर्न पछि नहट्ने र हरेक अफ्ठ्यारो परिस्थितिले नयाँ अवसर र उपलब्धी प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा पाटा नेपाल च्यापटरका अध्यक्ष सुनिल शाक्यले बोर्डको भूमिका पर्यटन पवद्र्धन तथा विकासका लागि अतुलनिय रहेको बताउँदै सबैले समयको माग अनुरुप प्राथमिक एजेण्डाहरुमा एकताबद्ध भइ काम गरेमा मात्र दिगो पर्यटन विकास र लक्षित उपलब्धि हासिल गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै पाटाका पूर्व अध्यक्ष तथा पर्यटन बोर्डका संस्थापक अध्यक्ष वसन्तराज मिश्रले बोर्ड निजी क्षेत्रका लागि निजी क्षेत्रले सरकारको सहकार्यमा स्थापना गरेको संस्था भएको औंल्याउदैँ बोर्ड सफल वा असफ हुनुमा निजी क्षेत्रलाई जिम्मेबारी हुनेमा जोड दिए ।

पाटा नेपालका महासचिव विभुतीचन्द ठाकुरले उपस्थित सबैलाई पाटाको निमन्त्रणालाई स्वीकार गरी पदान गरेको अमूल्य समय र सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण पर्यटन सरोकारवालाहरुलाई हातेमालो गरी अघि बढ्न र  पर्यटनका भावी पुस्ताहरुलाई सामावेस गरी पर्यटनको भविष्य दिगो र झन उज्वल पार्ने अभियानमा समावेस हुन आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप