शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोले नेपालमा आर सिरिज ल्याउने

बिहीबार, १३ मङ्सिर २०७५, १९ : ०३
बिहीबार, १३ मङ्सिर २०७५

काठमाडौं – नेपाली उपभोक्ताको माग र ईच्छा दृष्टिगत गर्दै ओपो नेपालले निकट भविष्यमा नै आफ्नो प्रिमियम आर सिरिज नेपाली बजारमा भित्राउने भएको छ । ओपोले निकट भविष्यमा नै आर–सिरिज नेपाल भित्राउने पहल गरिरहेको कम्पनीले बताएको छ । 

उत्पादनको लोकप्रियता

स्मार्टफोन उद्योगकै आकर्षक डिजाइन भएको तथा उत्कृष्ट फोटोग्राफी अनुभव दिने उत्पादनका रुपमा आर–सिरिज परिचित छ । साथै, आर सिरिजलाई विशेषगरी उपाभोक्ताको आवश्यकता र ईच्छालाई ध्यानमा राखेर निर्माण गरिएको फोनका रुपमा लिइन्छ । यही कारण आर–सिरिज विश्वभरका उपभोक्ता माझ अत्यधिक लोकप्रिय उत्पादनको रुपमा रहेको छ ।

ईतिहास

मार्केट रिसर्च फर्म काउन्टरपोइण्ट एण्ड स्ट्र्याटिजी एनालिटिक्सका अनुसार ओपो आर–९ सन् २०१६को सर्वाधिक विक्रि हुन सफल फोन हो । साथै सन् २०१७को पहिलो त्रैमासमा ८९ लाख प्रति सिपमेण्टका साथ यसले विश्व बजारको ३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको थियो । त्यसैगरी ओपो आर११ सन् २०१७कै बेस्ट सेलिङ एण्ड्रोइड फोन तथा आर१५ मोडल चिनमा सन् २०१८को दोस्रो त्रैमासमा सर्वाधिक लोकप्रिय फोनको रुपमा रहन पनि सफल भएको छ । 

प्रडक्ट फिलोसोफी

ओपो आर–सिरिजले मेटालिक कलर र ग्लास ग्राडियण्ट मार्फत उद्योगमै नयाँ क्रान्ति भित्रायो । स्मार्टफोन उद्योगमै सिल्भर, गोल्ड र रोज रंगका फोन उत्पादन भइरहेका बेला ओपोले सन् २०१६मा मेटालिक रेड रंगमा आर९को न्यू इयर एडिसन सार्वजनिक गरेको थियो । त्यसैगरी, आर११ बार्सिलोना एडिसनका रुपमा ओपोले मिक्स्ड रेड र ब्ल्यू मेटालिक रंगमा फोन सार्वजनिक गरेको थियो । साथै आर११मा कम्पनीले हेर्दा निकै आकर्षक र बोक्दा निकै प्र¥याक्टिकल क्रेसेन्ट कभ्र्ड् डिजाइन पनि समाहित गर्यो । त्यसैगरी आर१५लाई कम्पनीले रुबी रेड र कस्मिक पर्पल ग्राडियण्ट रंग पनि उपलब्ध गरायो ।

फोटोग्राफीका सवालमा आर–सिरिजले मितब्ययी मूल्यमा उत्कृष्ट क्यामेरा क्षमता उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ । हार्डवेयरका सवालमा पनि आर सिरिज निकै आकर्षक रहेको छ । आर१५ प्रोमा कम्पनीले अत्याधुनिक क्वालकम स्न्याप ड्र्यागन प्रोशेसरका साथै बृहत्त सञ्चय क्षमता र अदृतिय ब्याट्री लाइफपनि समाहित गरेको छ । 

कम्पनीको नयाँआर–सिरिज फोन आर१७मा कम्पनीले ¥याडियन्ट मिस्ट डिजाइन, वाटरड्रप स्क्रिन र हिडन फिङ्गर प्रिन्ट अनलक, सुपरभोक फ्ल्याश चार्जका साथै एफ१.५÷एफ२.४ स्मार्ट एपर्चर र टीओएफ थ्रीडी प्रविधि सहितको ट्राइ क्यामेरा कम्बिनेशन पनि उपलब्ध गरिएको छ । यी सबैको माध्यमबाट उपभोक्तालाई समग्र नयाँ अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ ।

रियल, रिभोल्यूशन, रिफर्म

यस बर्ष ओपोले आर सिरिज पछाडीको अर्थपनि प्रस्ट्याउने योजना बनाएको छ । कम्पनीका अनुसार आर सिरिजमा आरको अर्थ रियल, रिभोल्यूशन र रिफर्म तथा पूर्न जागरणको प्रक्रिया हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप