शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेनोले नेपालमा २५००औं ग्राहक मनाउँदै

बिहीबार, १३ मङ्सिर २०७५, १८ : ४३
बिहीबार, १३ मङ्सिर २०७५

काठमाडौं– रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनी (विसाल ग्रुप अन्र्तगतको कम्पनी) ले २५०० औं  ग्राहक मनाएको छ । 

रेनोको नक्सलको शोरूममा आयोजित कार्यक्रममा रेनो इंडियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकहरूलाई हस्तान्तरण गरे । रेनो कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड रहेका छन् । यस अवसरमा  डबरुएलले बाजारमा आफ्नो  स्थिति र बाजार साझेदारीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

 उनले भने, ‘रेनोले नेपाली ग्राहकहरूलाई सस्तो मूल्यमा उत्तम प्राविधिक उत्पादन र इन्नोभेटिभ डिजाइनहरू नेपाली बजारमा पस्किरहने छ ।’

बहुराष्ट्रिय फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सन् २०१६मा नेपाल प्रवेश गरेको थियो । कम्पनीले नेपाली आटोमोबाइल बाजारमा शीर्ष तीन कार ब्रान्ड मध्ये एक भएको छ ।

रेनो सबैभन्दा  छिटो बढ्दो कार ब्रान्ड हो  र रेकर्ड समयमा प्रमुख माइलस्टोन सम्म पुग्न सक्षम भएको छ । रेनोले नेपालका  प्रमुख कार ब्रान्डहरु मध्ये एकको रूपमा आफुलाई स्थापित गर्न सफल भएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप