शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगोले डढेर ३ वर्षीया बालिकाको मृत्यु

बिहीबार, १३ मङ्सिर २०७५, १६ : १८
बिहीबार, १३ मङ्सिर २०७५

उर्लाबारी– मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ । 

बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप