बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टाटा मोटर्सको तेस्रोे ग्लोबल सर्भिस क्याम्प सुरु, सिप्रदीका ३८ वटा आधिकारिक सर्भिस सेन्टरबाट एकैसाथ

बिहीबार, १३ मङ्सिर २०७५, १५ : ०५
बिहीबार, १३ मङ्सिर २०७५

काठमाडौं – टाटा मोटर्सको तेस्रोे ग्लोबल सर्भिस क्याम्प सुरु भएको छ । नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी टे«डिङले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १२ देखि १४ गते सम्म संचालनमा ल्याएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्सका कर्मचारी, ग्राहकहरु, मिडिया, तथा सहभागीहरुलाई बधाई दिँदै यस वर्ष पनि ४६ देशहरु भन्दा उत्कृष्ट प्रदर्शनको शुभकामना दिए ।

उद्घाटन कार्यक्रममा सिप्रदी ट्रडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध ३७ वर्ष पूर्ण भएकोमा शुभकामना र यसको श्रय सबै ग्राहकहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि धन्यबाद दिए । यस्तो प्रकारको कार्यक्रमले ग्राहकहरुबीचको सम्बन्ध पनि प्रगाढ हुने बताए । 

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्र लगायत नेपालका ३८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।

यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु छन् । 

सिप्रदीले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुति टाटा विङ्गर मिनि बसको औपचारिक उद्घाटन गर्नुका साथै साँचो हस्तान्तरण कार्यक्रम पनि गरेको छ । त्यस क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूब्रिकेन्टस्, शिखर इन्सुरेन्स, एपोलो टायर आदि ब्राण्डहरुले सहभागिता जनाएका छन् ।

सो अवसरमा टाटाले एक वर्ष भित्र एक हजार भन्दा बढी गाडि बिक्रि वितरण गरिएको पनि जानकारी दिएको छ । त्यसै गरि बालबालिकाको सुरक्षित विद्यालय यात्रालाई ध्यानमा राखि एक सन्देश मुलक भिडियो पनि रिलीज भएको थियो । देशका विभिन्न कुनामा भएका मेकानिकलाई निःशुल्क गाडि मर्मत तालिम दिई, अझ सक्षम बनाउनका लागि स्किल अप कार्यक्रमको घोषणा पनि गरिएको थियो । 

विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा तेस्रोे संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ । आर्कषक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप