केन्द्रीय संस्करण

आमासँगको विवादमा छोरीले गरिन् आत्मदाह, गयो ज्यान

person access_timeमंसिर १३, २०७५ chat_bubble_outline0

सफतरी– सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए । 

आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् । 

आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ