बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगंजमा बजाज आरई महा टेष्ट ड्राइभ मेला

बिहीबार, १३ मङ्सिर २०७५, १२ : २७
बिहीबार, १३ मङ्सिर २०७५

काठमाठौं । नेपालमा बजाज आरई थ्री ह्वीलर (टेम्पु)को अधिकृत विक्रेता हंसराज हुलासचंदले बजाज आरई महा टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ । बजाज आरईको बारेमा जानकारी दिने र सर्वसाधारणलाई टेस्ट ड्राईभ दिने र मनोरञ्जन दिने उद्देश्यका साथ सडक विभागको चौर, कारकाँदो, नेपालगंजमा यहि मंसिर ८ गते  बजाज आरई महा टेष्ट ड्राइभ मेला भव्य रुपमा सम्पन्न भएको हो ।

विश्वको नम्बर १ थ्री ह्वीलर बजाज आरईले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा आएको हो । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरईको मुख्य उदेश्य रहेको छ ।

यहि उद्देश्यलाई  लिएर बजाज आरईले टेष्ट ड्राइभ मेला आयोजना गरेको हो । बजाज आरईमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी रहेको छ ।

कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्री ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिवार मेला आयोजना गरेको हो । त्यसैगरी साङ्गीतिक कार्यक्रम, लक्की ड्र, नृर्त्य प्रस्तुति ,नाटक ,फुड स्टलको व्यवस्था गरिएको थियो । सर्वशाधरणले कार्यक्रमबाट भरपुर आनन्द उठाएका थिए ।  

समारोहका मुख्य आकर्षण प्रसिद्ध गायिका इंदिरा जोशी, प्रसिद्ध गायक काली प्रसाद बास्कोटा, प्रसिद्ध गायक सूरज थापा र प्रसिद्ध कमेडियन  राजा राजेंद्र पोखरेल जस्ता स्टार कलाकारद्वारा प्रत्यक्ष प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा टेस्ट ड्राइभ गर्न चालकहरूलाई  निःशुल्क खाना र आकर्षक उपहारको व्यवस्था गरिएको  थिया । साथै, उक्त कार्यक्रमको प्रवेश निःशुल्क रहेको थियो । बजाज आरई नेपालगंजको आधिकारिक  बिक्रेता श्री युनाईटेड मोटर सप्लायर्स रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप