मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

६५ औं राष्ट्रिय क्षयरोग दिवसः १२ हजार रोगी अझै सम्पर्क बाहिर

बिहीबार, १३ मङ्सिर २०७५, १२ : १८
बिहीबार, १३ मङ्सिर २०७५

 भक्तपुर – “क्षयरोग विरुद्ध जागरुक हाम्रो भावना, क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहाना” भन्ने मुल नाराका साथ नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरेर ६५ औं राष्ट्रिय क्षयरोग दिवस मनाइँदै छ । 

नेपालमा ४४ हजार टिभीका रोगी रहेको अनुमानित तथ्यांक रहेपनि ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउने गरेका राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । 

टिबीका बिरामीहरुको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षण अनुसार ४४ हजार विरामी हुनसक्ने अनुमान गरिएको छ । 

जसमा अनुमानित करिव १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रका कन्सलटेन्ट चेष्ट फिजिसियन डा. नविन प्रकाश शाहको भनाई रहेको छ । यो तथ्यांक प्रत्येक बर्ष फरक पर्न सक्ने उनको रहेको भनाई छ । 

उनका अनुसार केन्द्रमा आउने १ सय जन विरामी मध्ये करिव १५ जनामा भने क्षयरोगको जिवाणु देखिने गरेको छ । 

क्षयरोगीको संख्या थाहा उत्ता लगाउन  प्रिभिलेन्स सर्वेक्षण जारी रहेको छ । २०७४ साल माघ १८ गतेबाट सुरु भएको प्रिभिलेन्स सर्वेक्षण करिब १८ महिना पुरा हुनेछ । नमुना यो सर्वेक्षणपछि नेपालमा रहेका क्षयरोगीको संख्या एकीन हुनेछ । जुन नेपालका ७७ मध्ये ५५ जिल्लामा गरिनेछ । 

उक्त नमुना सर्वेक्षणको लागि एउटा (क्लस्टर) छानिएको स्थानमा करिब ६ सय शंकास्पद रोगीलाई बोलाएर नेपालका ९९(क्लस्टर) जाचँ हुदैं आएको छ । 

त्यसपछि उनीहरुलाई पहिलो चरणमा उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श दिनेछन् । त्यसपछि चिकित्सकले जाचँ गर्नेछन् । उक्त कार्यपछि एक्स–रे गरिने छ । एक्स–रेमा दाग देखिएमा स्पुटम् चेक, कल्चर र जेनएक्सपर्ट जस्ता चिकित्सा विधि अपनाइने छ । यदि क्षयरोग देखिमा उपचार गरिने छ ।

विगतमा नेपालमा प्रत्येक दिन १ सय २० नयाँ रोगी भेटिने गरेको र प्रत्येक दिन २० जनाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । 

डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीहरुको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा ४ हजारभन्दा बढि डट्स सेन्टर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । टिविका विरामीहरुको अवस्था अनुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरि बिधि अनुसार उपचार गरिने डा. शाहले बताए ।

इन्टेन्सिफ चरण अन्र्तगत नयाँ केसका बिरामीको २ महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि ४ महिनासम्म उपचार गर्नुपर्ने हसन्छ । क्षयरोग फोक्सो र फोक्सो बाहेक शरिरका अन्य भागमा गरि दुई किसिमले लाग्ने गर्दछ ।

भक्तपुरमामात्रै अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार ५ सय ७१ जना रोगी रहेका छन् । जिल्लामा करिव ९२ प्रतिशतले समयमा उपचार गर्दा क्षयरोग निको भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप