केन्द्रीय संस्करण

करण जोहरको खुलासाः पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ

person access_timeमंसिर १३, २०७५ chat_bubble_outline0

करण जोहर बलिउडमा निकै परिचित नाम हो । फिल्म निर्देशनबाहेक उनी विभिन्न कार्यक्रम पनि संचालन गर्ने गर्छन् । यसैले उनलाई चर्चित बनायो । उनको हाउभाउ पनि चर्चाको अर्को विषय हो । थुप्रैले उनको लैङ्गिकतामाथि नै प्रश्न गर्छन् ।

करण जोहरले हालै एक कार्यक्रममा आफ्नो जीवनसँग जोडिएका विभिन्न महत्वपूर्ण खुलासा गरेका छन् । उक्त कार्यक्रममा उनले पुरुष बन्नका लागि तीन वर्ष तालिम लिएको खुलासा गरे ।

उनले भने, ‘बच्चाहरुले मेरो मजाक उडाउँथे । सबैले भन्थे कि म केटीजस्तै हिँड्छु, त्यसरी नै रुन्छु । मैले पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ । बुवासँग झुटो बोलेर तालिम लिन जान्थें ।’

आफ्नो आवाजका कारण नै मानिसहरुले जिस्काउने गरेको उनले बताए ।

१५ वर्षको उमेरमा डाक्टरलाई भेटेका थिएः

करणले भने, ‘‘केटीजस्तै नहिँड, उनीहरुले जस्तो ननाच’ म यो सुनेर हुर्किएको हुँ । कतिपटक त मेरो आवाज केटीको जस्तो छ भनेर जिस्क्याइन्थ्यो । मानिसहरुको यस्तो प्रतिक्रिया सुनेर म यति तनावमा भएँ कि १५ वर्षको उमेरमा उपचारका लागि म डाक्टरकोमा गएँ ।’

बनाउथेँ ट्युशनको बहानाः

करणले भने, ‘मैले स्पिच थेरापिस्टकोमा गएर आफ्नो आवाज परिवर्तन गर्न चाहेको बताएँ । यसका लागि मैले तालिम लिएँ र तीन वर्षसम्म आवाज परिवर्तनका लागि अभ्यास गरेँ । यो समय मेरा लागि निकै खराब थियो । म तालिम लिन जाँदा बुवासँग झुट बोल्थें । ट्युशन जाँदै छु भन्थें किनभने म उहाँलाई बताउन सक्दिनथें कि म पुरुष बन्ने क्रममा छु ।’

कहिले पनि गाली गर्दैनथे बुवाः

मेरो बुवाले मलाई कहिले पनि गाली गर्नुहुँदैनथ्यो । मेरो घरमा त्यस्तो वातावरण नै थिएन । ८ वर्षको हुँदा मैले सरगम फिल्म हेरेको थिएँ । फिल्मको ‘डफली वाले डफली बजा’ बोलको गीत मलाई निकै मनपर्दथ्यो । म घरमा यो गीतमा नाच्थें । म सधैं जया प्रदाले नाचेको भाग नाच्थें । सबैभन्दा राम्रो कुरा त के थियो भने मलाई यस्तो गरेको देखेर बुवाले कहिले पनि गाली गर्नु भएन । ‘यस्तो नगर’ समेत भन्नु भएन ।

सबैले खिल्ली उडाउने भएकाले खेल्नै छोडिदिएँः

उनले थपे, ‘घरमा त कसैले पनि भन्दैनथे कि म गलत गरिरहेको छु तर जब घरबाहिर निस्कन्थें छिमेकीका बच्चा र स्कूलका सिनियर्सले मेरो मजाक उडाउँथे । स्कूलमा हाँसोको पात्रो बनाउने भएकाले मैले खेलकुदमा भाग लिन बन्द गरें । जब म हिँड्थे, दौडन्थे, बच्चाहरुले मेरो खिल्ली उडाउँथे । मेरो हात–खुट्टा अन्य केटाहरुको जस्तो थिएन । म जतिबेला बोल्थें मानिसहरु मेरो आवाजमाथि हाँस्थे । यति हुँदा हुँदै पनि मेरो परिवारको मप्रतिको व्यवहार निकै प्रिय थियो । उहाँहरुलाई कहिले पनि लागेन कि म केही अचम्मको व्यवहार गरिरहेको छु ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ