दार्चुलामा ९८ प्रतिशत रोपाई सम्पन्न
मङ्गलबार, १० साउन २०७४, १२ : ३५
दार्चुला–दार्चुलामा हालसम्म ९८ प्रतिशत रोपाई सकिएको छ । कुल रोपाइ हुने ४४ सय ८० हेक्टर जमिन मध्ये हालसम्म ४३ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयल दार्चुलाका कृषि प्राबिधिक हरीदत्त जोशीले जानकारी दिए । धेरै रोपाई हुने महाकाली नरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्य शिखर नगरपालिका र मार्मा गाउँपालिकामा अधिकांश रोपाइ सकिएको छ ।
समयमै पानी नपर्दा रोपाई ढिलाइ भएपनि असारदेखि निरन्तर वर्षा हुँदा रोपाइ किसानहरुले समयमै रोपाई गर्न पाएका हुन् । दार्चुलाको ३६ सय २५ हेक्टर जमिनमा सिचाइ सुविधा पुगेकोछ भने ८ सय ५५ हेक्टर क्षेत्रफल जमिनमा अहिले पनि आकाशे पानीको भरमा खेति हुदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा