बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर स्टिलको प्रोडक्ट लन्च इभेन्ट कार्यक्रम सञ्चालन

बुधबार, १२ मङ्सिर २०७५, २१ : ५५
बुधबार, १२ मङ्सिर २०७५

काठमाडौं– प्रिमियर स्टीलले प्रोडक्ट लन्च इभेन्ट कार्यक्रम सञ्चालन गरेको छ । 
सो कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरुको जानकारी दिनुका साथै विक्रेताहरुलाई फ्याक्टी अवलोकन समेत गराई उत्पादनका क्रममा हुने प्रक्रिया एवं गुणस्तरीयताको वारेमा जानकारी दिइएको थियो ।

प्रोडक्ट लन्च  तथा अवलोकन कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा, अनुप शारडा, कम्पनीका प्राविधिक प्रमुख अभिजित सिंहको उपस्थिति रहेको थियो ।

शारडा ग्रुरुपका अध्यक्ष शिवरतन शारडाले उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको उत्पादन एक घण्टामा ४० टनका दरले उत्पादन गर्नसक्ने उद्योगको स्थापना गरिएको जानकारी दिए । 
अध्यक्ष शारडाका अनुसार २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गरिने छ । उनले अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको भारतीय मेसिनबाट फलामे डन्डीको उत्पादन गरिने कुरा बताए । 

उद्योगका निर्देशक अनुपम राठीले उद्योग स्थापना गर्ने सोच २०७२ सालमा आएको तर भूकम्प र नाकाबन्दीले ढिलो भएको स्पष्ट पारे । उद्योगका प्राविधिक निर्देशक अभिजित सिंहले उद्योगले टिएमटी छड उत्पादन गर्न चाहिने कच्चा पदार्थ बिलेटमा पाइने विभिन्न गुणस्तरमध्ये प्राइम बिलेट मात्र प्रयोग गरिने दाबी गरे ।

 

निर्देशक सिंहले उद्योगमा पूर्ण स्वचालित रोलिङ प्रणाली भएकाले मानवजन्य गल्तीका कारण उत्पादन कमजोर नहुने बताए । त्यस्तै कम्प्युटर न्युमेरिकल कन्ट्रोल्ड मेसिनबाट यसको रिब डिजाइन र नोचिङ गरिने हुँदा सिमेन्टको मिश्रणसित बलियो बन्धन रहने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप