बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर स्टिलको  प्रोडक्ट लन्चइभेन्ट कार्यक्रम

बुधबार, १२ मङ्सिर २०७५, १८ : ४९
बुधबार, १२ मङ्सिर २०७५

काठमाडौं– प्रिमियर स्टील प्रा.लि.ले प्रोडक्ट लन्चइभेन्ट कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छ । यस कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरुको जानकारी दिनुका साथै विक्रेताहरुलाई फ्याक्टी अवलोकन समेत गराई उत्पादनका क्रममा हुने प्रक्रिया एवं गुणस्तरीयताको बारेमा जानकारी समेत दिइएको थियो । 

कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरत्न शारडा, अनुप शारडा, कम्पनीका प्राविधिक प्रमुख अभिजित सिंहको उपस्थिति रहेको थियो । 

अध्यक्ष शारडाले उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको उत्पादन एक घण्टामा ४० टनका दरले उत्पादन गर्नसक्ने उद्योगको स्थापना गरिएको जानकारी दिए । अध्यक्ष शारडाले २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गरिने बताउँदै अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको भारतीय मेसिनबाट फलामे डन्डीको उत्पादन गरिने दाबी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप