शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनौट : अफगानिस्तानलाई हराए पनि नेपाललाई नेटरनरेट चुनौती

मङ्गलबार, १० साउन २०७४, ११ : ५५
मङ्गलबार, १० साउन २०७४


काठमाडौँ – न्युजिल्याण्डमा सन् २०१८ जनवरीमा संचालन हुने यु–१९ एसिया बिश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलको रुपमा अफगानिस्तानसंग आज सिगांपुरको मैदानमा प्रतिष्पर्धा गर्दै छ । 


बिजयी हुन सफल १ टोलिले मात्र छनौट हुने मौका पाउने प्रतियोगितामा आयोजक सिंगापुर, मलेसिया, अफगानिस्तान र नेपाल सहित ४ राष्ट्रले सहभागीता जनाएका थिए । समग्रमा सबै टिमले प्रतियोगितामा ५ खेल खेलेका छन् । 


हालसम्म ५ म्याचको जितका साथ अफगानिस्तान १० अंक सहित शिर्ष स्थानमा छ भने नेपाल ४ जितले ८ अंक सहित दोश्रो स्थानमा छ । सिगांपुर भने १ खेलको जितेसगैें २ अंकको मद्धतले तेश्रो स्थानमा तथा मलेसियाले सबै खेलमा पराजय भोगी अन्तिममा चिक्त बुझाउनु परेको छ । 


अंकतालिका हेर्दा नेपाललाई विश्वकपसम्म पुग्न कठिन देखिएको छ । अफगानिस्तानलाई म्याचमा हराएर मात्रै नेपालले बिश्वकपमा छनौट हुन पाउने छैन । किनभने नेट रनरेटको आधारमा नेपाल अफगानिस्तान भन्दा निकै पछि छ । 


अफगानिस्तानको नेट रनरेट ४.१५४ छ भने नेपालको ०.७६३ रहेको छ । अफगानिस्तानको नेट रनरेट धेरै भएका कारण नेपालले विश्वकपमा खेल्न पाउने सम्भावना एकदमै न्युन छ । 


अफगानिस्तानसँग ठूलो अन्तरले हार बेहोरेको अवस्थामा नेपालको नेट रनरेट ३.७३९ बाट ०.२७८ मा झर्न पुगेको हो । उक्त अवस्थाले गर्दा नेपालले सिंगापुर बिरुद्ध खेल जिते पनि नेट रनरेटमा ठुलो प्रभाव परेन र नेपाल ०.७६३ मै सिमित रह्यो । 


अंक गणितको आधारमा नेपालको लागि विश्वकपमा छनौट हुन आशाको मात्र खेल जस्तै भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप