शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीको सरुङा नगरपालिकाभित्रका ५ वडा बालविवाहमुक्त

बुधबार, १२ मङ्सिर २०७५, १४ : १०
बुधबार, १२ मङ्सिर २०७५

राजविराज– सप्तरीको सरुङ्ग नगरपालिकाका पाँचवटा वडालाई मङ्गलबार वडा बालविवाहमुक्त घोषणा गरिएको छ । 

सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त घोषणा गरिएको हो । 

सबल नेपाल, सेभ द चिल्डे«न र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा सेभ द चिल्डे«नका कार्यक्रम अरुण महतो, बलानबिहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत, नेपाली काङ्ग्रेसका नेता राम कमार, सेभ द चिल्डे«नका कार्यक्रम संयोजक रचना थापा, सबलका फिल्ड अधिकृत राधेश्याम राम, उपाध्यक्ष भूपेन्द्र साह, सरुङ्ग नगरपालिकाका–६ का लीलाकान्त चौधरी, ७ का देवेन्द्र चौधरी, ८ का वडाध्यक्ष इन्द्रदेव चौधरी र प्रशासकीय अधिकृत राजकुमार दासले सराहनीय कार्य भएको भन्दै शुभकामना व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप