केन्द्रीय संस्करण

चाइनिज पेस्तोलसँगै १ महिलासहित ३ जना पक्राउ

person access_timeमंसिर १२, २०७५ chat_bubble_outline0

जनकपुर– प्रदेश नम्बर २ को विभिन्न जिल्लाबाट हतियारसहित ३ जनालाई  प्रहरीले पक्राउ परेको छ । सिरहाको लहानबाट ५ लाखभन्दा बढी रकमसहित चोरी गरी फरार रहेकी एक महिला चाईनिज पेस्तोलसहित पक्राउ परेकी छिन् । उनीसँगै अन्य २ जना पक्राउ परेका छन् । 

लहान नगरपालिका वडा नम्बर ५ स्थित नयाँ बजारबाट रानीकुमारी सेकको घरमा काम गर्दै आएकी लहान बस्ने ३० वर्षीय गिता मुसहरले सो घरवाट नगद ४ लाख ३० हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहनासहित ५ लाख बराबरको धनमाल चोरी गरेको अरोपमा प्रहरीले  उनलाई पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोली तथा ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी सहितको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गीताको साथबाट चाईनिज पेस्तोल (मेड ईन यूएसए) एक थान, त्यसको खोका थान–३, ब्ल्याङक राउण्ड एक थान, (पिनमा चोट लागेको मिस राउण्ड) र खुकुरी एक थानसमेत बरामद भएको प्रदेश प्रहरीले जनाएको छ । यता अभियूक्त गितामाथि प्रारम्भिक अनुसन्धानको भइरहेको प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले जानकारी दिए ।

उता, सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ बहुअर्वाबाट ४० वर्षीय लालबाबु रायलाई प्रहरीले हतियारसहित पक्राउ गरेको जनाईएको छ । बहुअर्वास्थित भित्री सडक खण्डमा रोकिराखेको बैलगाडामा हतियार रहेको सुचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गडहियाबाट गएको प्रहरी टोलीले हतियारसहित उनलाई पक्राउ गरेको हो । 

प्रहरीले बैलगाडा चेकजाँच गर्दा परालले छोपी राखेको १ नाले १२ बोर बन्दुक फेला पारेपछि नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले बताए । पक्राउ परेका लालबाबु राय र फेला परेको बन्दुक समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

त्यसैगरी बारा जिल्लाको प्रसौनी गाउपालिका वडा नम्बर २ बाट १ किलो गाँजासहित धर्मेन्द्र साहलाई पक्राउ गरेको छ ।  गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलिले धर्मेन्द्र साहको घरमा खानतलासी गर्दा झोलामा लुकाई छिपाई राखेको लागू औषध गाँजा बिक्री वितरण गर्नको लागि बनाइएको ६१ पिससहित १ किलो लागूऔषध गाँजा बरामद गरिएको हो । पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ