शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीज तताउने भूमिकाको यस्तो छ योजना

मङ्गलबार, १० साउन २०७४, ११ : ४७
मङ्गलबार, १० साउन २०७४

काठमाडौं – अचेल जताततै तिजका भाकाहरु घन्किरहेका छन् । तिजका लागि भन्दै अहिले दैनिक दुई चार वटा गीतहरु सार्वजनिक भइरहेका छन् ।
यस्तैमा स्टेज क्विन गायिका भूमिका गिरीको नयाँ तिज गीत ‘सिस्नोले हान्दिन्छु’ पनि बजारमा आएको छ । हरेक बर्ष चर्चित तिज गीत दिदै आएकी गिरीको ‘सिस्नोले हान्दिन्छु’ले पनि अहिले बजार तताइ रहेको छ । 
गीतमा महिलाहरु साडीमा राम्रो देखिने भएकाले साडी लगाउन समेत आग्रह गरिएको छ । गीतमा पछिल्लो समय तिज पर्वमा देखिएको विकृतिलाई पनि समेटिएको छ ।
सुन्दा मिठासलाग्ने गीतमा गायिका गिरीलाई तिलक ओलीले स्वरमा साथ दिएका छन् । गीतमा पाईन्ट लगाउन छाडेर साडी लगाउन अनुरोध गर्दै छोटा कपडा लगाए सिस्नोले हान्नेसम्मका शब्द पनि अटाएका छन् । 
गीतमा तिलक ओलीको लय तथा शव्द सिर्जना रहेको छ । गीतको आकर्षक भिडियो समेत बनाइएको छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा गायिका गिरीसमेत मोडलिङमा देखिएकी छन् । उनको अलवा निक्स शर्मा, रमेशजंग थापा, मालती घले लगायतको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप