शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोलको निर्देशनमा बन्ने भो ‘एकलब्य’

मङ्गलबार, १० साउन २०७४, १० : ५५
मङ्गलबार, १० साउन २०७४

काठमाडौं – एक्शन, कमेडी र सामाजिक बिषयमा चलचित्र ‘एकलब्य’ निर्माण हुने भएको छ । अवि फिल्मस् प्रोडक्शनको पहिलो प्रस्तुतिमा सोनम थापा र राजन दुलालले चलचित्र निर्माण गर्न लागेका हुन् ।


सोमबार चलचित्रको गीत रेकर्ड गर्दे चलचित्रको काम थालनी गरिएको छ । राजधानीको एक स्टुडियोमा राजेन्द्र बजगाँईको संगीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले चलचित्रको एक गीतमा स्वर दिए ।


अनमोल शर्माको निर्देशन रहने यो चलचित्र सोनम थापा, पुष्कर राउत, नमिता राई, बिराट ल्वोगन, पेमा लामा, राजन दुलाल लगायतको अभिनय रहनेछ । 


भोजराज देवकाटाको लेखन रहेको चलचित्रमा द्धन्द्ध शंकर महर्जन, छायांकन कृष्ण श्रेष्ठको रहनेछ । उपत्यकाका विभिन्न स्थानबाट छायाँकन गरिने चलचित्र ३० साउनबाट फ्लोरमा निस्कनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप