बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाहुबली’ बन्ने तयारीमा शाहरुख खान, यस्तो छ योजना

मङ्गलबार, १० साउन २०७४, १० : ५३
मङ्गलबार, १० साउन २०७४

बाहुबली र बाहुबली–टु को सफलतापश्चात् बलिउडलाई पनि लाग्न थालेको छ कि यस्तो विषयमा अन्य फिल्म बन्नुपर्छ । यस्तोमा अब एक फिल्मको तयारी सुरु भएको छ र योसँग जोडिएका छन् शाहरुख खान ।

बलिउडमा भइरहेको चर्चा अनुसार शाहरुख खान चाँडै नै आदित्य चोपडाको अर्को फिल्मको सुटिङ सुरु गर्दैछन् । यसको पहिलो शेड्युल डिसेम्बरमा राखिएको छ । फिल्म बाहुबलीसँग प्रभावित भएको बताइएको छ र उक्त फिल्म युद्धसँग सम्बन्धित भएको बताइएको छ ।

अहिले जब ह्यारी मेट सेजलमा व्यस्त छन् शाहरुखः

शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्म ‘जब ह्यारी मेट सेजल’ को ट्रेलर केही दिन अघि रिलिज भएको छ । रब ने बना दी जोडी र जब तक हे जान फिल्मपछि अनुष्का एक पटक पुनः शाहरुखसँग देखिँदैछिन् । रोमान्टिक फिल्मको एक भिन्न फ्लेभर पेश गर्ने निर्देशक इम्तियाज अली ‘जब ह्यारी मेट सेजल’ को निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप