चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि आइपीओ बिक्रि खुला गर्ने

काठमाडौं–चौतारी लघुवित्त वित्तिय संस्थाले मंसिर १९ गतेदेखि ६ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।
कम्पनीले ०.५ प्रतिशत अर्थात ९ हजार ३ सय कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि बिक्रि खुला गर्न लागेको हो ।
१०० रुपैयाँ दरको यस सेयरका लागि न्युनतम ५० कित्ता र अधिकत्तम ३ हजार कित्ताका लागि आवेदन दिन पाउँनेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन सकिनेछ । यदि सो समयमा पनि पर्याप्त आवेदन नपरेको अवस्थामा भने पुस १९ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।
यसको बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल हो । कम्पनीको प्रबन्धपत्रको व्यवस्था अनुसार ३२.२६ प्रतिशत सेयर सर्वसाधारणमा बिक्रि गर्नुपर्ने भएकाले सर्वसाधारणमा सेयर निष्काशन गर्न लागिएको कम्पनीले भनेको छ ।
यस्तै कम्पनीले सेयर जारी गर्नुको उदेश्य वित्तिय संस्थाको लगानी बढाउँन र आर्थिक गतिविधिलाई विस्तार गर्न रहेको भनेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ