शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसारकी सबैभन्दा मोटी महिलाले घटाइन् ३ सय १५ केजी तौल, अब यस्ती देखिन्छिन्

मङ्गलबार, १० साउन २०७४, १० : २७
मङ्गलबार, १० साउन २०७४

संसारकी सबैभन्दा मोटी महिला इमान अहमदले ३ सय १५ केजी तौल घटाएकी छिन् । इमानका केही नयाँ फोटो सार्वजनिक भएका छन् जसमा उनको कायापलट निकै स्पष्ट रुपमा देख्न सकिन्छ ।

यसै वर्षको फेब्रुअरीमा उनलाई भारतमा ल्याउँदा उनको तौल ५ सय किलो थियो । भारतमा शल्यक्रिया पछि उनको तौल ५ सयबाट २ सय ५० भएको थियो ।

अहिले अबु धाबीको बुर्जिल अस्पतालमा भइरहेको उपचारपछि इमामको तौल करिब १ सय ८५ किलो कम भएको छ । डाक्टरले उनको तौलमा थप सय किलो घटाउने कोसिस गरिरहेका छन् ।

बुर्जील अस्पतालका चीफ मेडिकल यासीन सहातका अनुसार इमान अब आफ्नो दुबै हात हल्लाउन सक्छिन्, उनको खुट्टा चल्न थालेको छ । साथै, उनी धेरैबेरसम्म अब बस्न पनि सक्छिन् ।

यस्तै, इमानकी दिदी शाइमा सेलिम बहिनीको प्रगतीमा आफू निकै खुसी भएको बताएकी छिन् । उनले भनिन्, ‘उनको स्थिती अहिले निकै राम्रो छ । मेरी आमा र छोरी १० दिनसम्म यहाँ थिए । अब उहाँहरु इजिप्ट फर्किसकेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप