शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरविद्यालय बास्केटबल : स्किब्स र डाफोडिल क्वाटरफाइनलमा

मङ्गलबार, १० साउन २०७४, १० : २१
मङ्गलबार, १० साउन २०७४

काठमाडौँ – सोमबार भएको ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा स्किब्स र डाफोडिल कलेज छात्रातर्फको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । 


स्किब्सले सेन्ट जेभियर्सलाई ४६–१९ को अन्तरले हरायो । स्किब्सको तर्फबाट देबुना केसीले २५ अंक योगदान गरेकी थिइन्।


डाफोडिलको तर्फबाट भने छिमी तामाङको ११ अंकको मद्दतले काठमाडौं विद्याकुञ्ज ३१–१७ ले पराजय भोग्न बाध्य भयो ।

 
छात्रतर्फ डिफेन्डिङ च्याम्पियन हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए), स्किब्स, काठमाडौं जेभियर र नेपाल सेन्ट्रलले जित हासिल गरे । 


विशाल राईको १६ स्कोरको मद्दतले एचएचसीएले भने ज्ञान निकेतनलाई ६३–५० ले पन्छायो । स्किब्सले आयोजक श्रीदिवालाई ४१–२१ ले पाखा लगाउन पुग्यो जसमा अभिषेक धमलाले १२ अंक बटुल्न सफल भएका थिए।


उता, सन्जिव मगरको ८ अंक सहयोगमा काठमाडौं जेभियरले युनिभर्सललाई १७–१४ ले हारको स्वाद चखायो । 


नेपाल सेन्ट्रलले भने डाफोडिलमाथि ३९–३३ को जित दर्ता गर्यो । नेपाल सेन्ट्रलका लागि दीपेश कार्कीले १६ स्कोर ल्याए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप