बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के चीनलाई बुझ्न गल्ती गरिरहेको छ भारत ?

मङ्गलबार, १० साउन २०७४, १० : ०४
मङ्गलबार, १० साउन २०७४

बीबीसी

भारत र चीनबिच डोकलाम सीमामा पछिल्लो पाँच हप्तादेखि तनाव जारी छ । संसारभरीका विश्लेषकले यो गतिरोधबाट युद्धको आशंका गहिरिएको बताउँदै चिन्ता व्यक्त गरिरहेका छन् ।

आइतबार द चारहार इन्स्टिच्युटका अनुसन्धानकर्ता र चाइना वेस्ट नर्मल युनिभर्सिटीमा सेन्टर फर इन्डियन स्टडिजका निर्देशक लोंग शिन्चुनको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा भारत–चीन तनावमाथि एक विश्लेषण छापिएको छ ।

यो विश्लेषणमा लोंगले चीनले युद्ध नचाहेको बताएको छ ।

उनले लेखेका छन्, ‘भारतीय मिडिया र विश्लेषक यो गतिरोधका लागि चीनलाई जिम्मेवार देखाइरहेका छन् । उनीहरुले चीनले भारतलाई उक्साइरहेको पनि बताएका छन् ता कि उसले आफ्नो आन्तरिक समस्याबाट ध्यान हटाउन सकोस् । यहाँसम्म कि भारतीय मिडियामा यो तनावलाई कम्युनिष्ट पार्टी अफ चाइनाको १९ औं कांग्रेससँग पनि जोडिँदै छ । यो विश्लेषणबाट पुष्टि हुन्छ कि भारतीय मिडिया र त्यहाँका विश्लेषकको चीनबारे निकै अधुरो ज्ञान छ ।’

जानकारीको अभावः

लोंगले लेखेका छन्, ‘जहाँसम्म मलाई थाहा छ भारतमा २ सयभन्दा धेरै चीनियाँ मामलाका विशेषज्ञ छैनन् । यीमध्ये १० प्रतिशतलाई मात्रै मन्दारिन पढ्न र बोल्न आउँछ । यीमध्ये धेरैजसो विशेषज्ञ चीनको विषयमा अमेरिका वा युरोपबाट प्रकाशित हुने सामग्री अंग्रेजीमा पढ्ने गर्दछन् । दुःखको कुरा यो छ कि यस्तो अवस्थामा पनि उनीहरु चीन बारे सबै कुरा जानकार भएको दाबी गर्दछन् ।’

‘चीनमा भएका भारतीय रिपोर्टरले सायदै चीनियाँ भाषा बुझ्छन् । यहाँसम्मकी यीमध्ये केही जब आफ्नो छिमेकीलाई ‘कम्युनिष्ट चाइना’ को रुपमा व्याख्या गर्दछन्, यस्तो लाग्छ कि यो शब्द ४० वर्ष पुरानो हो ।

दुखद कुरा के छ भने यिनै मानिसहरु भारतप्रतिको बुझाइलाई आकार दिन्छन् र चीनमाथि आफ्नो निर्णय सुनाउँछन्,’ उनले थपे ।

भारतको समस्या चीनभन्दा धेरैः

लोंगले लेखेका छन्, ‘चीनमा विभिन्न प्रकारका घरेलु समस्या पनि छन् तरपनि भारत जुन आन्तरिक समस्याबाट जुधिरहेको छ त्यसको तुलनामा केही पनि होइन । संघर्षको तुलनामा १९ औं कांग्रेसको तयारीका लागि चीनलाई घरेलु शान्ति र एक शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण चाहिएको कुरा सबैलाई थाहा छ । यो एउटा यस्तो कुरा हो जुन भारतलाई बुझ्न निकै कठिन छ ।’

‘मैले थुप्रै भारतीय विशेषज्ञलाई भेटेको छु । उनीहरुले सन् १९६२ को युद्ध चीनले आफ्नो आन्तरिक समस्याबाट ध्यान हटाउनका लागि सुरु गरेको बताउँछन् । म उनीहरुलाई भन्छु, ‘एकछिनलाई मानौं यो वास्तविक हो तर चीनले भारतलाई नै किन छानयो ? चीनले भारत र भुटानबाहेक धेरैजसो छिमेकीसँग सीमा विवाद सुल्झाएको छ । के यो उक्साहट होइन ?’’

‘डोकलाम इलाकामा भारतीय सैनिक चीनियाँ क्षेत्रमा प्रवेश गरे । यस्तो स्थितीमा पनि चीनियाँ सरकारले संयमता अपनायो । भारतलाई युद्ध चाहिएको छैन । तरपनि भारतीय सेना प्रमुख बिपिन रावतले भारतीय सेना युद्धको लागि तयार भएको बताउँछन् । यस्तै केही भारतीयले आफूहरु चीनियाँ सैनिकसँग आमनेसामने हुने र सन् १९६२ को बदला लिनका लागि पर्याप्त रुपमा बलियो भएको बताउँछन्,’ उनले लेखे ।

उनले थपे, ‘पछिल्लो २० वर्षमा आर्थिक सुधार र विकासको ठोस जग भारतमा राखियो र यतिबेला भारत मज्जाले सफल पनि भयो । प्रधानमन्त्री नरेन्द्र मोदीको सुधारबाट भारतको पक्षमा अन्तर्राष्ट्रिय माहौल पनि बनेको छ ।’

तहसनहस हुनेछ अर्थव्यवस्थाः

लोंगले लेखेका छन्, ‘यदि भारत अहिले चीनसँग युद्ध गर्दछ भने यसले केवल विदेशी लगानी मात्र नभई त्यहाँको पूरा अर्थव्यवस्था तहसनहस हुनेछ । यदि छोटो समयका लागि मात्र पनि युद्ध भयो भने भारत र चीनबिच यसको असर लामो समयसम्म देखिनेछ । भारतको आर्थिक प्रगती नराम्रोसँग प्रभावित हुनेछ र त्यसबाट निस्कन पनि धेरै समय लाग्नेछ ।’

‘आजको समयमा यदि ठूलो युद्ध भइहाल्यो भने पनि दुबै पक्षबिच वर्षौं लामो दुश्मनी हुनेछ । यदि वर्तमान गतिरोधको समाधान राजनयिक स्तरमा खोजिए पनि दुबै देशको द्वीपक्षीय सम्बन्धमा यसको छायाँ परिसक्नेछ । भारत–चीन सम्बन्धमा यसको असर लामो समयसम्म रहनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप