मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माइक्रोसफ्टले पेन्ट प्रोगाम बन्द गर्ने

मङ्गलबार, १० साउन २०७४, १० : ०२
मङ्गलबार, १० साउन २०७४

न्युयोर्क – माइक्रोसफ्टको ग्राफिक प्रोगाम पेन्टलाई विन्डोज टेनमा हटाउने वा थप विकास नगर्ने सूचीमा राखिएको छ ।

सन् १९८५ मा रिलिज गरेयता पेन्ट प्रोगाम विन्डो अपरेटिङ सिस्टमको अभिन्न अंगको रुपमा रहँदै आइरहेको छ । चलाउन सहज तथा आर्टका लागि प्रयोग हुने भएकाले यो लोकप्रिय रहँदै आएको छ ।

पेन्टको उत्तराधिकारी पेन्ट थ्रिडी भने अझै उपलब्ध हुनेछ ।

यो सूची विन्डो टेनको फल क्रिएटर अपडेटको रुपमा प्रस्तुत गरिएको थियो ।
माइक्रोसफ्टले यी सेवाहरु विन्डो टेनबाट हटाइने वा थप विकास नगरिने र आगामी रिलिजबाट हटाइने जनाएको छ ।

यसरी हटाइने सेवाहरुमा आउटलुक एक्सप्रेस इमेल जसलाई बिल्ट इन इमेल एपले विस्थापित गर्नेछ, रिडर एप जसलाई माइक्रोसफ्ट एजमा समावेश गरिएको छ ।

यो सूची बाहिरिएपछि समाजिक सञ्जालमा माइक्रोसफ्ट प्रयोगकर्ताहरुले दुःख व्यक्त गर्दै ‘रेस्ट इन पिस (रिप) पेन्ट’ का सन्देशहरु दिइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप