सामुदायिक लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति पाए ?
सोमबार, १० मङ्सिर २०७५, ११ : ५८
काठमाडौं–सामुदायिक लघुवित्तको आइपीओ आज (सोमबार) बाँडफाँड भएको छ ।
आवेदन दिएका २७ हजार ३ सय जनाले १० कित्ता आइपिओ पाएका छन् भने ६ सय ६९ जनाको आवेदन रद्द भएको छ ।
सामुदायिकको आइपिओमा १ करोड ६५ लाख ७७ हजार १ सय १० कित्ताका लागि २ लाख ५५ हजार ३ सय १६ जनाले आवेदन दिएका थिए । कम्पनीले मंसिर २ गतेदेखि ५ गतेसम्म ३ लाख कित्ताका लागि आवेदन खुला गरेको थियो ।
यसमा १२ हजार कित्ता सेयर कर्मचारीका लागि र १५ हजार कित्ता सेयर म्युचुअल फण्डलाई छुट्याएको थियो ।
र, बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । आइपिओ बिक्रि संगै सामुदायिकको चुक्तापुँजी १० करोड रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा