१८ वर्ष कान्छीसँग राहुलको तेस्रो विवाहबारे पूर्वपत्नी डिम्पीको यस्तो बयान
४३ वर्षका राहुल महाजनले आफूभन्दा १८ वर्ष कान्छी मोडल नाताल्या लिनासँग तेस्रो विवाह गरेका छन् । कजाकिस्तानमा बस्ने नताल्या २५ वर्षकी हुन् । उनको तेस्रो विवाहमा उनकी दोस्री पूर्वपत्नी डिम्पी गांगुलीको प्रतिक्रिया सार्वजनिक भएको छ ।
एक अन्तर्वार्ताको क्रममा जब डिम्पीलाई राहुलले तेस्रो विवाह गरे भनेर जानकारी दिइयो तब सबैभन्दा पहिला उनी अचम्मित भइन् र हाँसिन् ।
यद्यपी, पछि उनीले सिरियस भएर भनिन्, ‘मलाई यो कुराले खुसी छ । आशा गर्छु कि यसपटक उनको चारैतर्फ खुसी हुनेछ, जस्तै मैले पाइरहेकी छु । नवविवाहित जोडीलाई धेरैभन्दा धेरै शुभकामना ।’
डिम्पीलाई विश्वास गर्ने हो भने राहुलसँग अब उनको कुनै मनमुटाव छैन । उनी राहुललाई आशावादी बताउँदै भन्छिन्, ‘मलाई थाहा छ कि विवाह टुट्दा मानिसमाथि कस्तो प्रभाव पर्छ । त्यसमाथि उहाँको (राहुल) त दुईपटक टुट्यो । यति हुँदा हुँदै पनि उहाँ यसमा विश्वास राख्नुहुन्छ जसले बताउँछ कि उहाँ साँच्चै नै आशावादी हुनुहुन्छ ।’
डिम्पीले आशा जगाउँदै थपिन्, ‘हुनसक्छ कि उनी (राहुलकी नयाँ श्रीमती) सँग यस्तो (महिला हिंसा) नहोस् । मानिसहरु परिवर्तन पनि हुनसक्छन् । दुबैलाई मेरो यही कामना छ कि उनीहरुबीच यस्तो केही नहोस् । किनभने यो निकै नराम्रो कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन