शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किर्तिमानी रकममा सिटीद्वारा मेन्डी अनुबन्ध, बने विश्वकै महंगा डिफेन्डर

मङ्गलबार, १० साउन २०७४, ०९ : २९
मङ्गलबार, १० साउन २०७४

म्यान्चेस्टर – म्यान्चेस्टर सिटीले मोनाकोका डिफेन्डर बेन्जेमान मेन्डीलाई ५ करोड २० लाख पाउण्डमा अनुबन्ध गरेको छ । योसँगै मेन्डी विश्वकै सबैभन्दा महंगो डिफेन्डर बनेका छन् ।

२३ वर्षीय फ्रान्सका लेफ्ट ब्याकले सिटीसँग पाँच वर्षको करार अनुबन्ध गरेका छन् ।

सिटीले यो सिजन अनुबन्ध गरेको मेन्डी पाँचौ खेलाडी हुन् । हालसम्म सिटीले २० करोड पाउण्डभन्दा बढी खर्च गरिसकेको छ ।

‘उनी विश्वकै उत्कृष्ट फुल ब्याक हुन् । उनी हाम्रो नम्बर १ लक्ष्य थिए,’ क्लबका निर्देशक टिक्सिकी बर्गिरिस्टेनले भने ।

गत सिजन मोनाकोका लागि ३४ खेल खेलेका मेन्डीले क्लबमा १७ वर्षपछि पहिलो लिग वान उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सिटीले यसअघि इंग्ल्याण्डका राइट ब्याक कायल वाकर (४ करोड ५० लाख पाउण्ड), पोर्चुगलका मिडफिल्डर बर्नान्डो सिल्भा (४ करोड ३० लाख पाउण्ड), ब्राजिलियन गोलकिपर एडर्सन मोरेज (३ करोड ५० लाख पाउण्ड) र रियल म्याड्रिडका डिफेन्डर ड्यानिलोलाई (२ करोड ६५ लाख पाउण्ड) मा अनुबन्ध गरिसकेको छ ।

यता, क्लबले लेफ्ट ब्याक अलेक्सान्डर कोलारोभलाई ४५ लाख पाउण्डमा रोमालाई बेचेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप