बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तराईका विषालु सर्प पहाडमा : यसरी पुग्छन् सर्पहरु पहाडमा

मङ्गलबार, १० साउन २०७४, ०९ : ०५
मङ्गलबार, १० साउन २०७४

इलाम - सर्पले डसेपछि झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएका इलाम देउमाई नगरपालिका ४ का गंगाराईको उपचार गर्दागर्दै आइतबार बिहान ज्यान गयो ।

गर्मी ठाउँमा पाइने सर्पहरु पहाडमा पनि 
उपचारका क्रममा आएका सबरामीको अनुसान्धानका क्रममा पहाडी क्षेत्रमा पनि तराइका जिल्लाहरुमा पाइने करेत जातका सर्प पाइएको जनाइएको खबर आजको गोरखापत्रमा छ ।

यस्ता तराई क्षेत्रमा पाइने करेत जातका सर्पलाई केन्द्रले हिमालय करेत भन्ने गरेको उपचारका क्रममा केन्द्र पुगेकाहरुको भनाइ छ । 

झापाका विभिन्न स्थानबाट ट्रकबाट ढुवानी गरी ल्याइने खानेपानीका पाइप, धानको बोरा, पराल आदिबाट गर्मी क्षेत्रमा पाइने गरेका विषालु सर्पहरु पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेको अनुमान जानकारहरुको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप