बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वेद र बौद्ध धर्मलाई विश्वव्यापी गर्न पण्डित दिनबन्धुको सुझाव

आइतबार, ०९ मङ्सिर २०७५, १६ : २२
आइतबार, ०९ मङ्सिर २०७५

जापान– वाचन प्रविण पण्डित दिनबन्धु  पोखरेलले वेद र बौद्ध धर्म आफ्नै धर्म भएकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताएका छन् । 

अध्यात्मक केन्द्र जापानको भवन निर्माण तथा एनआरएन  जापानद्वारा आयोजित आकास्मिक राहत कोषको सहयोगार्थ टोकियोमा भएको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित पोखरेलले वेद र बौद्ध हाम्रै धर्म भएकोले यसलाई विश्वव्यापी गर्नुपर्ने अभियानमा आफु लागेको समेत बताए । 

सबै धर्मलाई उत्तिकै सम्मान गर्दै विश्वमा फैलिरहेको आशान्तिलाई वेद र बुद्दत्वले शान्ति कायम गर्न सक्ने उनको भनाई छ । 

‘बिश्वमा जातीय, वर्गिय र धार्मिक तत्वले मानव जातिमा विभाजित बनाएको छ नेपाल पनि यसबाट अछुतो रहन सकेन ।  वैदिक बेदले प्रमाणित गरेको छ कि यो परापुर्वकालका शासकहरुले नै कर्मको आधारमा जात बनाएको हो’ पोखरलले भनेका छन् । उनले संसारमा योग र ध्यान फैलिएकोमा खुशी व्यक्त गर्दै नेपालबाटै वेद र वुद्ध दर्शन सुरु भएको दावी पनि गरे । ‘नेपालबाटै भगवान शिवले योगध्यान सुरु गरेका हुन् भने विश्वशान्तिका अग्रदुत भगवान गौतम बुद्ध पनि नेपालमै जन्मेका हुन्’ पोखरेलले भने ।

उनले विश्वलाई  योग तथा ध्यानद्वारा आकर्षित  गर्न काठमाडौको रामकोटमा २३ रोपनी जग्गामा करिव ५० करोडको लागतमा अध्यात्मक केन्द्र  निर्माण भइरहेको जानकारी पनि दिए । 

पोखरेलले जापान जस्तो ठाउँमा प्रवचन लगायतका कार्यक्रम गर्न आयोजकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै निकट भविस्यमा वृहत कार्यक्रम आयोजना गर्न अनुरोध गरेका थिए । 

पण्डित पोखरेलको प्रवचन कार्यक्रममा जापानका लागि नेपाली राजादूत प्रतिभा राणा, एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट , एनआरएन अमेरिकाका पुर्व अध्यक्ष सोनाम लामा तथा पण्डितका वाल्यकालका साथी तथा गोरखा समाजका अध्यक्ष चुडामणी भट्टराइलगायत उपस्थित रहेका थिए ।

यसैवीच प्रवचन कार्यक्रममा दान गर्ने इच्छुकहरु बढेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रवचनमा अमेरिकाबाट सहभागि हुन आएका पूर्व अध्यक्ष सोनाम लामाले ५० हजार दान गरेका छन् । लामाले पर्यटकीय क्षेत्र मुस्ताङमा निजी प्रयासमा १० करोडको लागतमा गुम्बा बनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप