बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : जीवन र प्रेम

शनिबार, ०८ मङ्सिर २०७५, १२ : २१
शनिबार, ०८ मङ्सिर २०७५

–लक्ष्मण सिटौला 

जिन्दगीसँगै बिताउनु प्रेम होइन
एउटै बिछ्याउनामा सुत्नु प्रेम होइन
सगै हिँड्नु र कार्य गर्नु प्रेम होइन
सँगै मन्दिर जानु, प्रार्थना गर्नु प्रेम होइन
अँध्यारोमा हात समातेर बाटो देखाउनु प्रेम होइन
प्रेम हुनलाई मनसँग मन मिसिनुपर्छ
प्रेम हुनलाई दुई आँखा तर दृष्टि एक हुनुपर्छ 
प्रेम हुनलाई मनको ऋदम मिल्नुपर्छ
प्रेमको पुलकिता अर्कै चीज हो
प्रेमको सुगन्ध अर्कै चीज हो
प्रेमको सङ्गीत अर्कै चीज हो
पुरुष मालिक हुँ भन्छ
स्त्री आफूलाइ दासी हुँ भन्छे
दासी र स्वामीबीच प्रेम हुन्छ र ?
प्रेम त नदी छेउमा निरन्तर उभिएर 
प्रार्थना गरिरहेको शान्त किनारा हो
नदी सागर पुगिसकेको हुन्छ
बिचरो किनार त्यही हुन्छ चुपचाप !!
नदीलाई सुरक्षा दिइरहेको हुन्छ
स्त्री नदी हुन्, किनारा पुरुष हुन्
तर पनि प्रेमको धारा बगिरहेकै छ
निरन्तर !  निरन्तर ! ! निरन्तर ! ! ! 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप