शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गजल : मलाई दुनिया  हेर्नुु छैन

शनिबार, ०८ मङ्सिर २०७५, १२ : १७
शनिबार, ०८ मङ्सिर २०७५

 पत्रिका थापा

भर्खर नदीमा डुबेको मान्छे उत्रिएको छ
जसमा मुर्दाको  अनुभव  समेटिएको छ

सिमेन्ट     जस्तो   तिम्रो एक  याद  पनि
मेरो  बालुवाको  छातीमा    टाँसिएको छ

मृत्युपश्चात पनि जिउन मुस्किल हँुदोरहेछ
सबै सबै छोडेर गएको लास तड्पिएको छ

मलाई दुनिया  हेर्नुु छैन मेरो दुनियाँ यही हो
मेरी आमाको तस्बिर भित्तामा झुन्डिएको छ

पानी पिउनु र मदिरा  पिउनुमा  सन्तुष्टि देखेन
एक अबोधले अनुभवका लागि जहर पिएको छ
 
नाङ्गेऊ देशको नक्सा तपाईं छोप्पिनुहुन्छ भने
यो चोकमा एक शालिक पनि त नाङ्गिएको छ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप