बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाले भाडामा राखिन् श्रीमान्, छोरीलाई ८ वर्षदेखि थाहा छैन यो राज

शुक्रबार, ०७ मङ्सिर २०७५, ०८ : ३१
शुक्रबार, ०७ मङ्सिर २०७५

भनिन्छ पैसाले प्रेम र सम्बन्ध खरिद गर्न सकिन्नँ तर जापानमा प्रेमको आभाष भने खरिद गर्न सकिन्छ । यूइची नामका एक व्यक्तिको व्यवसाय निकै अचम्मको छ – अपरिचितको जीवनमा भाडाको भूमिका निभाउनु । ३६ वर्षका निकै स्मार्ट देखिने युइची कहिले निकै बेस्ट फ्रेन्ड बन्छन् भने कहिले पिता त कहिले श्रीमान् र कहिले प्रेमी । तर यस्तो भूमिका निभाउन त्यति सजिलो भने छैन यसमा विभिन्न समस्या आइपर्छन् ।

उनको आठ वर्ष पुरानो कम्पनीले फ्यामिली रोमान्स प्रोफेशनल एक्टरलाई भर्ना गर्छ । यी एक्टरहरुले उनीहरुको क्लाइन्टको नीजि जीवनमा कुनै पनि भूमिका निर्वाह गर्छन् । कुनै मुश्किल परिस्थितीका लागि पनि कम्पनीसँग राम्रा एक्टर छन् । यहाँ आठ सय स्टाफ छन् जसमा बच्चादेखि वृद्ध–वृद्धासम्म समावेश छन् ।

युइचीका अनुसार उनको कम्पनीको मद्दतले मानिसहरु आफ्नो जीवनमा भइरहेको अभावलाई पूर्ती गर्न सक्छन् । उनको कम्पनीको ट्यागलाइन छ – ‘more than real' (वास्तविकताभन्दा माथि)

युइची भन्छन्, ‘म एक एक्ली आमाकी १२ वर्षे छोरीलाई लागि बुवाको भूमिका निभाइरहेको छु । ती बालिकाका पिता थिएनन् त्यसैले उनकी आमाले मलाई भाडामा लिएकी थिइन् । ती बालिकाले मलाई नै उनको पिता ठान्छिन् । यो विगत आठ वर्षदेखि जारी छ ।’

उनलाई वास्तविकता थाहा भयो भने ? यसको उत्तरमा युइची भन्छन्, ‘यसले पक्कै पनि ती बालिकालाई झट्का दिनेछ । तर यदि ग्राहकले वास्तविकता बताउन चाहँदैन भने हामी लामो समयसम्म भूमिका निभाउन सक्छौं । यदि छोरीको विवाह भए, त्यसमा पनि म पिताको भूमिका निभाउनेछु र भविष्यमा सायद हजुरबुवाको पनि । त्यसकारण म सधैं ग्राहकलाई ‘यो झुटलाई लामो समयसम्म टिकाउन सक्नुहुन्छ ?’ भनेर सोधिरहन्छु । हाम्रो लागि यो नै सबैभन्दा ठूलो समस्या हो ।’

आवश्यक परे उनी जिन्दगीभर यो भूमिका निभाउने उनी बताउँछन् । यद्यपी, वास्तविकता सार्वजनिक हुने खतरा पनि हुन्छ । कम्पनीको नियम अनुसार एक समयमा एक व्यक्तिको पाँच बढी परिवार हुनुहुँदैन । गोपनियताको कुरा मात्र होइन । ग्राहकले आदर्श श्रीमान् र आदर्श बुवाको माग गर्छन् । भूमिका निभाउन निकै मुश्किल हुने उनी बताउँछन् ।

युइची भन्छन्, ‘म बालिकासँग डिनर जान्छु । थिम पार्क घुम्न जान्छु । चार घण्टाका लागि मैले २० हजार येन (२० हजार रुपैयाँ) पाउँछु । घुम्दा लाग्ने खर्च पनि अलग्गै भुक्तानी हुन्छ ।

युइची भन्छन्, ‘यो एक व्यापार हो । म २४ घण्टाका लागि उनको पिता हुदिनँ । यो एक निश्चित समयको लागि हुन्छ । हामी अर्को विवाह र परिवार भएको बहाना बनाउँछौं । मलाई लाग्दैन कि म उसलाई प्रेम गर्छु तर जब म उसलाई छोडेर निस्कन्छु तब मलाई थोरै दुःख लाग्छ । धेरैपटक उनी रुने गर्छिन् । उनी प्रश्न गर्छिन्, ‘किन छोडेर जाँदै हुनुहुन्छ ?’ मलाई धेरैपटक अपराधबोध पनि हुन्छ कि म नाटक गरिरहेको छु । धेरैपटक अब यस्तो गर्न सक्दिनँ भन्ने पनि हुन्छ । धेरै पटक आफैंलाई प्रश्न गर्छु, ‘के म अहिले अभिनेता हुँ कि साँच्चैको पिता ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप