शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमजी मोटर, अन्तर्राष्ट्रिय बजारमा ईजेएस लन्च गर्ने पहिलो ब्रिटिस ब्रान्ड

बिहीबार, ०६ मङ्सिर २०७५, १९ : ०५
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौं । एमजी मोटरले अन्तर्राष्ट्रिय बजारमा आफ्नो नयाँ मोडेल ईजेएस (इलेक्ट्रिक जेडएस)को लन्च गर्ने पहिलो ब्रिटिश ब्रान्ड बनेको छ । यो इलेक्ट्रिक गाडी ४२८ किमीको यात्रा गर्न सक्छ  र फास्ट चार्जिङ्गको सुविधा पनि रहेको छ ।

एमजी एक प्रसिद्ध ब्रिटिश ब्रान्ड हो जसले हालै काठमाडौंको नक्सालमा आफ्नो अधिकृत शोरूम खोलेको छ । नेपाली बाजारमा यसको सुविधा र आरामको  सन्दर्भमा निकै लहर चलेको छ । नेपालमा एमजीको आधिकारिक वितरक, पारामाउन्ट मोटर्सले, आर्को वर्ष इलेक्ट्रिक मोडेल पेश गर्ने योजना बनाएको छ ।

इलेक्ट्रिक जेडएस(नयाँ इलेक्ट्रिक मोडेल जसमा अगाडिका पाङ्ग्राहरू चलाउनका लागि एक एकल इलेक्ट्रिक मोटर रहेको छ  र १४८ बीएचपी र ३५० एनएम( उत्पादन गर्दछ ३.१ सेकेन्डमा ०(३१ एमपीएचमा ४.३ मिटर लामो  क्रासओवर लिनको लागि पर्याप्त छ ।

यसमा चाँडै चार्ज गर्ने क्षमता भएको एमजीले दावी गरेको छ र ८० प्रतिशत सम्मको चार्ज ३० मिनेटमा प्रतिस्थापित गर्ने पनि जनाएको छ । ईजेडएस को भित्र प्यानोरामिक सनरूफ र नेभिगेसनको साथ एक ठूलो टच स्क्रीन इन्फोटेन्मेंट प्रणाली रहेको छ ।

एमजी (मोरिस गेजेज) यूकेमा सन् १९२४ मा सुरु भएको थियो । अघिका वर्षहरूमा एमजीको आश्चर्य जनक स्पोर्ट्स कारहरू र क्याब्रिओलेटहरु धेरै सेलिब्रेटीहरू लगायत ब्रिटिश प्रधानमन्त्रीहरु र बेलायतका केही शाही परिवारका थुप्रै सदस्यहरूको समेत छनोटमा परेको सवारी थियो ।

पछिल्लो केहि वर्षहरुमा एमजीले एक बलियो आधार बनाएको छ र विस्तारै बढेको एमजी ब्रान्ड बजारहरूमा प्रवेश गरेको छ । कम्पनीले विश्वभरि एमजी ब्रान्ड पुर्याउने उद्देश्य व्यक्त गरेको छ  र पहिले नै ५ उत्पादन केन्द्र विभिन्न महादिपहरुमा संचालन ल्याएको छ ।  

थाइल्याण्डमा यसले ओटोमोबाइल्स निर्माण गर्नको लागि सबैभन्दा उच्च श्रेणीको टेक्नोलोजीको प्रयोग गरेको जनाएको छ । भारतमा यसको उत्पादन सुविधा सन् २०१९ को पहिलो क्वार्टरमा सुरु हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप