शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डाबरले ल्यायो प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल

बिहीबार, ०६ मङ्सिर २०७५, १८ : ४७
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौं । डाबर नेपालले युवा पुस्ताहरुबीच अति लोकप्रिय प्रोस्टाइल ब्राण्डको नयाँ रेन्ज प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल बजारमा सार्वजनिक गरेको छ । प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल बदाम र एलोभेराको प्राकृतिक गुणले भरिपूर्ण छ ।

अति सुक्ष्म वर्षाै वर्षको अनुसन्धान तथा परिक्षणबाट यसको उत्पादन गरिएको हो । प्रोस्टाइले कपाल झर्नबाट पनि जोगाउन मद्दत पुग्ने कम्पनीको दावी छ । यो तेल ७५ एम.एल. र १५० एम.एल.को बोतलमा उपलब्ध छ ।

जसको बजार मूल्य क्रमशः ५५ र ९५ मा उपलब्ध रहेको छ । नेपाली चलचित्र उद्योग तथा युवा पुस्ता माझ अति लोकप्रिय युवा अभिनेता अनमोल के.सी.द्वारा यस प्रोस्टाइल ब्राण्डलाई समर्थन तथा प्रवद्र्धन गरिएको छ । युवा पुस्ताहरु माझ अति लोकप्रिय प्रोस्टाइल हेयर आयल नेपाली युवाहरुलाई लक्षित गरी बनाइएको एकमात्र हेयर आयल हो, जसले व्यक्तित्व निखारमा मद्दत गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप