गृहमन्त्रीको निर्देशनमा बाग्लुङका घाईतेको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा बाग्लुङको ग्वालिचौरमा भएको जिप दुर्घटनामा परेर घाईते भएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जलजलाबाट ग्वालिचौर तर्फ आउँदै गरेको ध. १ ज १८४ नम्बरको जिप सोमबार बिहान करिब ९ बजेर ४० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर चारजनाको घटनास्थलमै मृत्यु भएको र अन्य ७ जना घाईते भएको खबर पाउनासाथ गृहमन्त्री शर्माले हेलिकप्टर पठाउन निर्देशन दिएको थियो ।
सात जना घाईते मध्ये गम्भिर घाईते भएका छ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर काठमाडौं ल्याईएको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले बताए ।
‘गृहमन्त्री ज्यु को निर्देशमा नेपाली सेनाको हेलिकप्टर मार्फत ६ जना घाईतेलाई काठमाडौं ल्याईएको छ’ प्रवक्ता काफ्लेले बताए, ‘घाईतेहरुको ट्रमा सेन्टरमा उपचार भाईरहेको छ ।’
हेलिकप्टरमार्फत उद्धार गरिएका घाईतेहरुमा टेक बहादुर पाईजा, बालमती पाईजा, दिनेश पाईजा, दिपशिखा पाईजा, भिम बहादुर श्रिष र भिम शेर्बुजा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : उपाधि एमेच्योर खेलाडी सदभावको पोल्टामा
-
सबै प्रदेशको सवारी करमा एकरुपता ल्याउन निर्देशन
-
कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला
-
सभामुखको भ्रमणबाट राज्यले के पायो जवाफ चाहिन्छ : हरि ढकाल
-
पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
-
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो