शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयता असफल पार्ने षड्यन्त्र सुरु भयो : मुख्यमन्त्री शाही

बिहीबार, ०६ मङ्सिर २०७५, १६ : ०४
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौँ–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । 

विहीबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकार विच अधिकारको विवाद सल्काएर संघीयतालाई बदनाम बनाउँदै संघीयतानै असफल बनाउने दाउमा लागेको बताए । 

कम्यूनिष्ट पार्टीलाई दुइतिहाई वहुमत दिएर जनताले अग्नी परीक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउने बताए ।

 संघीयता कागजमा व्यवस्था गरेपनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ ब्यवस्थामा अभ्यस्त हुनका लागि ‘बे्रनवार’ चलाउनुपर्नेे बताए ।

 केन्द्र सरकारले प्रशासनिक र विक्तिय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै शाहीले केही दिनमैे प्रधानमन्त्री र मुख्यमन्त्रीहरु बीच हुन लागेको समन्वय परिषद बैठकमा यसबारेमा आफूहरुले विशेषरुपमा कुरा उठाउने जानकारी दिए । 

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागीरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप