बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीले भने–मन्त्री र कर्मचारीले काम गर्ने ढाँचामा परिवर्तन गर्नुपर्छ

बिहीबार, ०६ मङ्सिर २०७५, १५ : ३१
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नुपर्ने बताएका छन् । 

आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयनसम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 
 प्रधानमन्त्री ओलीले सबै क्षेत्र हरेक दिन रचनात्मक काम सहित एक कदम अघि बढ्नु पर्ने पनि बताए । 

“हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनु पर्दछ । त्यो काम एक कदम अगाडि बढ्ने हुनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने, “सबै क्षेत्र  रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ । ”

  मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

नीति, बैठक, छलफल, सुझावमा धेरै समय नविताइ काममा प्राथमिकता दिन प्रधानमन्त्री ओलीले निर्देशन दिए । 

 “आफैं गहन अध्ययन गर्नुहेस । अवधारणा बनाउनुहोस् । त्यसपछि सुझाव लिनुहोस्” प्रधानमन्त्री ओलीले भने, “सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुदैन । आफू स्पष्ट हुनुहोस । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् । ”

कार्यालय समयमा हुने बैठकको भत्ता नलिन प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिए । 

“कार्यलय समयमा गरेको कामको तपाईंले तलब लिनु भएको छ । त्यस कारण भत्ता लिने सोचाइ हटाउनुहोस् । मितव्ययी भएर चल्न सिक्नुहोस् ” प्रधानमन्त्री ओलीले भने ।
 प्रधानमन्त्री ओलीले  नेपाल एयर लाइन्सको वाइवडी  जहाज उडाउने तयारी छ कि छैन भनी प्रश्न गरेका छन् । 

त्यसैगरी नेपाल वायु सेवा निगम घाटामा जानुको कारण बारे पनि प्रधानमन्त्री ओलीले चासो राखेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

 सहकारीहरु मार्फत ठुलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त दिदैं प्रधानमन्त्री ओलीले त्यसै अनुसार नेपालमा पनि वृहत उत्पादनमा जोड दिनु पर्ने बताए । 

 आजको समिक्षा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर,युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरु खगराज बराल र कृष्ण विसीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए । 

यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयका सचिव महेश दाहाल,वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले  प्रगति विरण पेश गरेका थिए । 

 बाँकी मन्त्रालयहरुको प्रगति समिक्षा बैठक आगामी शनिवार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप