शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकबाट सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

बिहीबार, ०६ मङ्सिर २०७५, १५ : ०८
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ११ मा रहेको युनाइटेड मिशन टु नेपाल सामदुायिक अस्पतालको लागि अटोमेटेड एक्र्टनल डेफिव्रिलेटोर मेशिन हस्तान्तरण गरेको छ । 

मेशिन हस्तान्तरणको लागि केन्द्रबाट मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुख जेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए ।

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गरिन् । सो कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता व्यक्त गरिन् ।

विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पुर्याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीहरुको मुटुको चाल संचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्न सो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप