शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिसेम्बर अन्त्यमा कपिलको ‘कमब्याक’

बिहीबार, ०६ मङ्सिर २०७५, १२ : ४१
बिहीबार, ०६ मङ्सिर २०७५

मुम्बई –कमेडी किङ कपिल शर्माका फ्यानका लागि खुसीको खबर हुनसक्छ । उनी यो वर्षको अन्त अर्थात डिसेम्बरमा पुनः टेलिभिजनमा कमब्याक गर्दैछन् ।

डिप्रेशन र विवादमा फसेका उनी पुरानै कमेडी सो मार्फत कमब्याक गर्न लागेका हुन् ।

 कपिल पछिल्लो समय गर्ल फ्रेण्डसँगको विवाहको कारण चर्चामा छन् ।

कपिल कमेडी शो ‘द कपिल शर्मा शो’को दोस्रो सिजनका साथ कमब्याक गर्न लागेका हुन् । उनको यो शो निर्माण बलिउडका दबंग खान सलमान खानले गर्दैछन् ।

शो २३ डिसेम्भर देखि सोनी टिभीबाट प्रसारणमा आउँनेछ । सोमा कपिलका साथ चर्चित कमेडियन भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर, कीकु शरदा र सुमोना चक्रवर्ती समेत देखिदै छन् । 
फ्यानका लागि यो कार्यक्रम मानोरञ्जनको पुरै डोज हुने बिश्वास निर्माण पक्षको रहेको छ । 

शोका फम्र्याट पनि पुरानै रहनेछ । शोका लागि सेट मुम्बईको फिल्म सिटीमा बन्ने छ । जहाँ घर बजार समेत देखाइने छ, भने फरक फरक भुमिकामा कलाकार समेत प्रस्तुत हुनेछन् । 

अहिले चर्चा छ, शोको पहिलो भागमा सलमान खाना अतिथि रहनेछन् । तर शोका निर्माता शाहरुख ल्याउने तरखरमा छन् । 

शारुखका साथ शोमा कट्रीना कैफ र अनुष्का शर्मा पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप