शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिर्तामोडमा गुन्जियो नेपथ्यको ‘जोमसोमे बजार’

बिहीबार, ०६ मङ्सिर २०७५, ११ : ५६
बिहीबार, ०६ मङ्सिर २०७५

बिर्तामोड – नेपथ्यले मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मको यात्रा गर्ने क्रममा पूर्वको केन्द्र बिर्तामोडमा आफूलाई प्रस्तुत गरेको छ ।

तराइका चार सहरमा हुने श्रृंखलावद्ध आयोजना मध्ये पहिलो कार्यक्रम मंगलबार गरेको हो ।

‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’को नाराका साथ कन्सर्ट आयोजना गरिएको थियो । 

डोमालाल राजवंशी रंगशालामा नेपथ्यको म्यूजिक भिडियो ‘सा कर्णाली’बज्न थालेपछि विशाल मैदानमा उपस्थित दर्शकहरुले चर्को कोलाहलका साथ स्वागत गरेका थिए ।
त्यसपछि अर्को म्यूजिक भिडियो ‘ऐनाझ्याल’ प्रस्तुत गरिएको थियो ।

त्यसपछि मञ्चमा प्रकट भएको नेपथ्य टोलीले ब्याण्डकै सबैभन्दा पहिलो रेकर्ड भएको गीत सुनाएको थियो।

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपि राखे है’

ब्याण्ड २५ वर्ष पुगेको अवसरमा यसरी मुलुकभरि घुम्ने कार्यक्रमलाई निरन्तरता दिन खोजिएको हो । यसरी चयन गरिएको पहिलो रेकर्ड भएको गीतमा ब्याण्डका प्रारम्भिकदिनदेखि अहिलेसम्मका सदस्यहरुको सम्झनारुपीतस्बिरहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रम नेपथ्यका नयाँ पुराना गीतहरुबाट निरन्तर अघि बढिरह्यो । सँधै झैँ ‘रेशम’, ‘जोमसोमे बजार’, ‘छेक्यो छेक्यो’, ‘चरिम¥यो शिशैको गोलीले’, ‘भेँडाको ऊनजस्तो’ हुँदै ‘तालको पानी’ जस्ता गीतहरुलाई दर्शकले असाध्यै मन पराएका थिए ।

देशभत्ति जगाउने ‘गाउँ गाउँबाट उठ’ हुँदै कार्यक्रमको अन्त्यमा भने ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिएको थियो ।

स्थानीय सहकारी ‘सहारा नेपाल’ले बिर्तामोडमा नेपथ्यलाई प्रस्तुत गरेको हो । कन्सर्टबाट उठेको पैसाले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि उपकरणहरु मद्दत गर्ने जानकारी आयोजकले दिएका छन् ।
बिर्तामोड पछि नेपथ्यको मंसिर ७ गते धरान, १० गते बुटवल १३ गते धनगढीमा पुगनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप