केन्द्रीय संस्करण
विचार

क्रियाकर्म सात दिनमा सम्पन्न गर्न खोज्दा धम्की पाएँ

person explore access_timeमंसिर ६, २०७५ chat_bubble_outline0

हामी हाम्री ममतामयी माता   हरिमाया पोखरेलको ९६ वर्षका उमेरमा निधन भएपछि  क्रियाकर्ममा वैदिक विधिपूर्वक सरिक भएका छौँ । यो नरपशु वा मानवको संस्कृति  र संस्कार  हो ।  पशुको कुनै संस्कार र संस्कृति हुँदैन । गोरु र मान्छेमा यही फरक हुन्छ । 

मानिसलाई नर पशु भनिन्छ । किन यसो भनिएको भने मानिस पशु एक प्रकारको पशु हो र तर यो उत्कृष्ट पशु हो ।

संस्कृतिविद् डा. जगमान गुरुङले पनि यस कुरालाई उल्लेख गरेका छन् । यो कुरा किन पनि सत्य र सही हो भने पशुको कहिल्यै बुद्धि र विवेक पलाउँदैन तर नरपशु वा मानिसको भने ढिलो वा चाँडो बुद्धि र विवेक पलाउँछ, पलाउँछ । 

मानव सभ्यताको आदि कालमा विवाह वा यौनसम्बन्ध अनियन्त्रित थियो । ऋग्वेदमा यमयमी नाम गरेका एउटै आमाका जुम्ल्याहा सन्तान थिए । तरुनी भएपछि बहिनी यमीले दाजु यमसँग हामी अब यौन सम्बन्ध गासौँ भनेर भनिन् तर दाजुले अब तिमी यसका लागि अर्कै पुरुष खोज भनेको प्रसङ्ग छ । 

नर पशुमा  ढिलै भए पनि यस विषयमा बुद्धि र विवेक पलायो  तर गोरुमा यस्तो विवेक र बुद्धि  कहिल्यै पलाउँदैन । अर्थात् हामीले मनाउने तिहार र भाइटीका युगान्तर पर्व हो । यसलाई सामाचकेवा, राखी, बलिहाङ तङनाम, जितिया आदि अनेक प्रकारले उही तिहार मनाइन्छ । एउटै आमा सन्तानहरूका बीच विवाह होइन, एकअर्काका बीच सम्मान, आदर, पूजा वा आदर सत्कार  गरेर मनाउने क्रम सुरु भएको संस्कृतिविद् बताउँछन् र अध्ययनबाट पनि यो कुरा स्पष्ट हुन्छ । 

दुःख र सुखमा तदनुसारको अनुभूति गर्नु मानवीय स्वभाव हो । क्रियाकाज नै गर्दिन भन्ने कुरा किमार्थ जाति होइन तर संस्कारका नामममा खाए खा नखाए घिच् गर्नु हुँदैन । यसो भयो भने त्यस्तो संस्कार मानिसले मान्दैन ।

नरपशुहरूले पूर्वका व्यास भनेर चिनिएका पं. छविलाल पोख्रेललाई  गोलभेँडे पण्डित भनेर त्यसबेला अधिकांश पण्डितहरूले सराप्नु सरापेका थिए ।

छविलालले कामी दमै आदि भनेर भेदभाव गरेरनन्, तिनीहरूलाई पनि शिक्षादीक्षाको बन्दोबस्त मिलाए । यसबापत पोख«ेललाई जातै पनि काड्न खोजेको उनका कान्छा छोरा  प्रा. नारायणप्रसाद पोखरेलले बताए । 

छविलाल जस्ता आजको परिस्थिति उहिल्यै बुझ्ने पुर्खा भएकैले यस क्षेत्रको शान र मान बढेको छ । स्व. हीरालाल विश्वकर्मा जस्ता बौद्धिक व्यक्तित्वहरू जन्मिने परिवेश  स्व. पोखरेलले नै निर्माण गरिदिएका हुन् । 

छुतअछुतलगायत भेदभाव तोड्न पोख्रेल आफै अघि सरे  ।  तर त्यस बेला पं. छविलाललाई सराप्ने जीवित पण्डितहरू पोखरेलको प्रतिमामा  प्वाल पर्ने गरी आफ्नो निधार ठोकिरहेको देखिन्छ । 

नेपाल जस्तो बहुभाषी र बहुधर्म र तथा संस्कृति भएको देशमा जन्मदेखि मृत्युसम्मका संस्कारहरू विविध प्रकारका छन् । मानवले नै संस्कार र संस्कृति निर्माण गरेको हो । 

दुःख र सुखमा तदनुसारको अनुभूति गर्नु मानवीय स्वभाव हो । क्रियाकाज नै गर्दिन भन्ने कुरा किमार्थ जाति होइन तर संस्कारका नामममा खाए खा नखाए घिच् गर्नु हुँदैन । यसो भयो भने त्यस्तो संस्कार मानिसले मान्दैन ।

असह्य र अचाक्ली भयो भने मानिसले आफ्नो जात, धर्म र घर पनि परित्याग गर्छ ।  

जहिलेदेखि मृत्यु संस्कारको विधि विधान सुरु भयो । यो सदा एक नाश रहेन । यसमा कैयौँ प्रयोग, परिष्कार र प्रवर्धन भएको देखिन्छ ।

परिवर्तनशील समाजमा संस्कार पनि परिवर्तित हुन्छन् भएका छन् । १२ वर्ष, १२ महिना, ६ महिना, ४५ दिन हुँदै १२ दिन भएको मृत्यु संस्कार विधिमा अहिले पाँच दिने मृत्यु संस्कार प्रचलनमा ल्याइएको देखिन्छ ।
श्री ३ जुद्ध शमशेर प्रधानमन्त्रीले ४५ दिने संस्कारलाई १३ दिनमा झारेको बताइन्छ ।

यस बीचमा धेरै पानी बग्यो । कुनै निजी कारखाना, उद्योग, व्यवसायमा काम गर्ने कामदारले १३ दिन क्रिया बिदा पाउँदैन । 

अझ विदेशमा घण्टा हाने मात्र पेट पूजा हुन्छ नत्र भोकै परिन्छ  । समय धेरै फेरियो ।  यसलाई बचाउने हो समय सापेक्ष सुधार गर्नैपर्छ नत्र संस्कार लोप हुने खतरा हुन्छ ।     

हामीले घर परिवारको सल्लाहअनुसार व्यावहारिक खालको सात दिनमा संस्कार विधि सम्पन्न गर्ने निर्णय गरेअनुसार यस काममा लागेका छौँ । तर सामाजिक र  पारिवारिक दबाबले  यति च्याप्यो, हाम्रो रातको निद्रा पनि हराम हुन थाल्यो । कथित  हिन्दुवादी समुदायका नामका केही व्यक्तिले कारवाहीको धम्की पनि दिए । मेरा पण्डितलाई पनि बारबार धम्की आएको थाहा भयो । यस खालको दृश्य देख्दा कतै यस धर्मभित्र नै यस धर्मको जरो उखेल्ने मान्छे त परिचालित छैनन्, यस्तो आशङ्का उत्पन्न हुन गयो । 

नत्र शोक परेका बेला प्रत्यक्ष वा परोक्ष कारवाहीको धम्की किन दिइन्छ ? माओवादी द्वन्द्वकालमा खस क्षेत्री, आदिवासी र जनजाति सबैलाई युरोपियन युनियन आदि पश्चिमा शक्तिले परस्परमा मुठभेट गराउन मोटो आर्थिक लगानी गरेको उहिल्यै खुलेको थियो । 

हुँदाहुँदा  रोजगारको खोजीमा अमेरिका र  अस्ट्रेलिया गएका छोरीहरू पुनम पोख्रेल भट्टराई र  प्रशंसा पोखरेल अधिकारीलाई कतिपय नरपशुले  तर्साएछन् । तिनले अब तिम्रा बाबुले यस खालको क्रियाकर्म गर्दा घरपरिवारका अमुक सदस्यहरू अकालमा भटाभटी मर्नेछन्  भनेछन् । 

रुवाबासी सुरु भयो । यसमा मैलै छोरीहरू र आफन्तजनलाई घैँटामा घाम लाग्ने गरी सम्झाएँ  । ठूली छोरी पुनम गीतकार हुन् । उनलाई सम्झाउने क्रममा  तिमी हामी गीतकार कवि र लेखक बुद्धिजीवी भनेका समाजका अगुवाहरू भनेका थोरै भए पनि धेरैलाई प्रभावित र परिचालित गर्ने मान्छे हौँ । त्यसैले सही  र सत्य कुराको हामीले नै अगुवाइ गर्नुपर्छ भनेँ । तर पनि यसलाई तोड्न अझै गाह्रो भयो । नेपाली समाजमा जडता कति बलियो रहेछ भन्ने पनि शिक्षा भयो । 

यस्तो दबाब मेरी ठूली छोरीको विवाह जैसी बाहुनसित हुँदा मलाई परेको थियो । अर्को दबाब गोष्ठी रूपमा बुबाको पितृभजनसहित श्राद्ध समारोह सुरु गर्दा परको थियो ।

त्यसपछि इँटहरीमा सात वर्षअघि नेपाल एकीकरण दिवस भनेर पृथ्वीनारायण शाहसहित सम्पूर्ण योद्धाहरूको योगदान विषयमा खुल्ला कार्यक्रमको अगुवाइ गर्दा पनि केही अतिवादी र अन्धवादीहरूको अचानोमा परियो ।  

समाज र व्यक्तिको  मनस्थिति  र मनोविज्ञान अचम्मको हुन्छ । रोगीलाई डाक्टरको औषधि खाएर  निको हुने भए पनि म निको हुन्छु भनेर उसलाई विश्वास नै हुँदैन अनि यो बिरामी धामी झाँक्री वा वैद्यको शरणमा अनिवार्य रूपमा पुग्छ । 

तिनले यस लेखकलाई  राजावादी र मण्डले  आदि अनेक आरोप र लाञ्छना लगाए । यस्तो हुन्छ तर पनि अज्ञानीसित रिसाउनु हुँदैन । यस्तै हो, कुनै कुनै नरपशुको बुद्धि र विवेक अलि ढिलो आउँछ । 

महामना मोदनाथ प्रश्रितका कारण मजस्ता र अरू ठूला  नरपशुहरूको यस विषयमा निक्कै पछि बुद्धि र विवेक पलायो । 

माता स्व. हरिमायाको  क्रियाकर्म सक्न प्रण  गरेका मेरा दाजु बल्लभ पोखरेल अब सात दिनमा क्रियाकर्म सम्पन्न गर्ने काममा सरिक हुने पस्थिति बनेन । तर म आफूचाहिँ सातै दिनमा क्रियाकर्म सक्ने पक्षमा नै छु । 

समाज र व्यक्तिको  मनस्थिति  र मनोविज्ञान अचम्मको हुन्छ । रोगीलाई डाक्टरको औषधि खाएर  निको हुने भए पनि म निको हुन्छु भनेर उसलाई विश्वास नै हुँदैन अनि यो बिरामी धामी झाँक्री वा वैद्यको शरणमा अनिवार्य रूपमा पुग्छ । 

निको चाहिँ डाक्टरकै दबाइले भए पनि उसमा धामीप्रतिको विश्वास अटल हुन्छ । त्यसैले अब यो क्रियाकर्ममा  म आफू चाहिँ डाक्टरकै भूमिकामा रहने भएँ । अर्थात् सातै दिनमा क्रियाकर्म समापन गर्ने भएँ ।

तर  दाजु चाहिँ मनोरोगी परिवारजनको मनोवैज्ञानिक उपचारका लागि वैद्य वा धामीको भूमिकामा रहने हुनुभयो । अर्थात् परम्परागत रूपमा क्रियाकर्म गर्नुहुने भएको छ । 

दाजुका परिवर्तित सोचमा मैले अन्यथा भन्न मिलेन । उहाँका कुरामा  आपत्ति गर्ने कुरै भएन । कसैले कसैलाई जोर जबर्जस्ती गर्नु हुँदैन । 

परराष्ट्रमन्त्री तथा वरिष्ठ लेखक प्रदीप ज्ञवालीले संस्कृतिका क्षेत्रमा बन्चरो चलाउनु हुँदैन । त्यस क्षेत्रमा सियो चलाउनुपर्छ भन्नुभएको थियो । 

तर कतिपय नरपशुहरूमै माथि जोरजबर्जस्ती गर्न अनेक तरहले तम्सिए । 

यस खालका समय सापेक्ष संस्कार अपनाउन मैले घरबाट नै पनि सिकेको छु । बुबा स्व. पं. घनश्याम पोखरेल जजमान कहाँ पाठपूजा गर्न जाँदा पहिले नै  घरमा ठाडो पुवा टन्न खाएर जानु हुन्थ्यो ।

शास्त्रमा पनि शरीरमाद्यम् खलु धर्म साधनम् अर्थात् शरीर नै  धर्म कर्म गर्ने साधन हो, शरीर नरहे के धर्म के कर्म ? त्यसैले बाँच्नु चाहिँ पहिलो र प्राथमिक कुरा हो । आफै मर्ने अवस्था आयो भने केको धर्म र केको कर्म ? जिउ रहे न घिउ खान पाइन्छ ? 

जेठो दाजु अशोक पोखरेल २०२४ सालमा क्यान्सर भएर दिवङ्गत हुँदा पनि हामीलाई एउटा छोरो त मर्यो अरू छोरा किन मार्नु भन्नु हुन्थ्यो र क्रियाकर्मको दोस्रो दिनदेखि हामीलाई  नुन खाओ भन्नुभयो  र हामीले त्यसै गरेका हौँ । 

स्वयं बुबाले पनि पूरै बाह्र दिन नुन बार्नु भएन । ठूली आमा स्व. विष्णु माया पोखरेल भने छुवाछूत र खाने नखाने कुरा बार्ने विषयमा साह्रै कट्टर हुनुहुन्थ्यो 

तर आमा स्व. हरिमाया पोखरेल यस्ता विषयमा कट्टर स्वभावकी हुनुहुन्थेन । स्व. हरिमायाँ आफ्नु चौरासी गर्दा वाणी पूजाका नाममा सम्मानित ८५ वर्षका रङ्लाल दर्जीसित एउटै मञ्चमा बसेर सम्मानित राजी हुनुभएको थियो । यसबापत समाजले औँलो ठड्याएकै थियो । 

लेखक आफै पनि संस्कार विधि र पद्धतिलाई समय अनुकूल सुधारसहित अगाडि बढ्नुपर्छ भन्ने मान्यताको व्यक्ति भएकाले त्यस बेला प्रसंशा र प्रशान्त दुई सन्तानको आधुनिक विधि अनुसार व्रतबन्ध समारोहको आयोजना गरेको थियो । 

यही अवसरमा  ७५ वर्ष नौमती र पञ्चेबाजा बजाएर सेवा गरेबापत वाणी पूजाका नाममा वर्षका आमाकै माइती गाउँ दिङ्ला गढीगाउँका बाल्य सङ्गी भएका नाताले पनि हुनसक्छ आमा  रङ्लाल दर्जीसित एउटै मञ्चमा सम्मानित हुन सहमत हुनु भएको थियो । 

आमाले म आफैलाई २०२९ सालतिर नै कुखुराको अण्डा खाँदा कुनै रोकटोक गर्नु भएन । मैले नै बुबाको मृत्युपछि परम्परागत श्राद्धको विकल्पमा श्राद्ध समारोहको आयोजना गर्दै आएको छु ।  

वैदिक सनातन मृत्यु संस्कारको इतिहासमा १२ वर्ष, १२ महिना, ६ महिना अनि ४५ दिन बार्ने चलनरहेछ । ४५ दिन बार्ने चलनलाई तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले १३ दिन बनाएको अध्ययनबाट अवगत हुन्छ । 

इटहरीस्थित खेती खोला किनारमा आयोजित एक पुराणमा नेपालका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालले अरू धर्मका पण्डित पुरोहितहरू आफ्नो धर्मको प्रचारमा दिलोज्यानले लाग्छन् । तर हाम्रा  पण्डितहरू यस्ता गम्भीर कुराहरूमा पटक्क वास्ता गर्र्दैनन् भनेका थिए  ।

उनले के पनि भने भनेँ अरू धर्ममा एउटा गुलावको फूल अर्पण गर्दा श्राद्ध वा क्रियाकर्म हुन्छ तर हाम्रोमा गरिबीको उल्टो बोझ बोकाउने शैया र घैया दान गर्ने गराउने प्रपञ्च रचिन्छ । यसो गर्दा धर्मान्तरण बढिरहेको कटुवालले बताएका थिए । 

राष्ट्रकवि माधव घिमिरेले मृत्यु  संस्कारलाई संक्षिप्त, सरल र सहज बनाउनु संस्कार लोप हुनबाट बचाउने उपाय हो भनेको पाइन्छ । 

त्यसैले यस लेखकले सुरु गरेको सात दिने क्रियाकर्म नाम कमाउन, फुइँ लाउन, देखाउन गरेकै होइन । सेवा निवृत्त अथवा पेन्सन पट्टावाला  मेरा लागि १ महिना क्रिया गरेर बसे पनि हुन्छ र पुग्छ तर यसमा विधिसम्मत सुधार गरेर यसलाई फैलाउनु जाती होला कि भन्ने लागेको हो । अन्यथा केही पनि होइन ।             
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...