बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्वेता त्रिपाठी भन्छिन्, ‘हस्तमैथुको दृश्य दिनु मेरो लागि कफी पिउनुजस्तो साधारण’

बिहीबार, ०६ मङ्सिर २०७५, १० : ०४
बिहीबार, ०६ मङ्सिर २०७५

बलिउड नायिका श्वेता त्रिपाठी मिर्जापुरमा आफ्नो हस्तमैथुनको दृश्यका कारण चर्चामा छिन् । पहिलो पटक यस्तो बोल्ड अवतारमा पर्दामा आइरहेकी श्वेताले सुटिङको अनुभव साझा गरेर सबैलाई चकित तुल्याएकी छिन् ।

उक्त दृश्यबारेको कुराकानीमा उनी भन्छिन्, ‘महिला पुरुषलाई मन पराउँछन् । उनीहरुको पनि यौन आवश्यकता हुन्छ । जब मैले सीन पढें र पूरा ग्राफ बुझेँ तब मलाई आफ्नो सीन बोल्ड पटक्कै लागेन ।’

श्वेताका अनुसार हस्तमैथुनको दृश्य कफी पिउनुजस्तो र साधारण थियो । श्वेताको यो सीन वेब सिरिजमा उनको परिचय दृश्य हो ।

मिर्जापुरमा श्वेता लाइब्रेरीमा नै हस्तमैथुन गरिरहेको देखिन्छिन । दृश्यमा देखिए अनुसार गोलू गुप्ता (श्वेता) लाइब्रेरीमा बसेर एक किताब पढिरहेकी छिन् । यस्तै, गोलूकी दिदी उनलाई खोजिरहेकी छिन् । उनी गोलूलाई कोठाको एउटा कुनामा पसिनाले भिजेको अवस्थामा भेटिन्छिन् । उनले सोध्छिन्, ‘भेटियो पूरा संसारको जानकारी ?’ यसमा गोलू जवाफ दिन्छिन्, ‘पाएँ  दिदी, स्वर्गको त पाएँ ।’

स्मरण रहोस्, लस्ट स्टोरिजमा नेहा धुपियाले पनि लाइब्रेरीमा हस्तमैथुन गरेकी थिइन् । नेहाको उक्त सीनले पनि निकै चर्चा बटुलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप