शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्री बादलकै अगाडि पूर्वलडाकुले गरे विष सेवन

बुधबार, ०५ मङ्सिर २०७५, १८ : २१
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकक्षमै एक पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । 

पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारस्थित कार्यकक्षमा गृहमन्त्री थापालाई भेट्न  पुगेको बेला आत्महत्याको प्रयास गरेका हुन् । 

गृहमन्त्री बादलसँग कुराकानी गरिरहेका बेला भट्टराईले खल्तीबाट विष निकालेर सेवन गरेको गृह मन्त्रालय स्रोतले बताएको छ । 

सिंहदरबार प्रहरीका अनुसार भट्टराईले यसअघि पनि विष सेवन गरेको हुनसक्ने आशंका रहेको छ । हाल भट्टराईको वीर अस्पतालमा उपचार भइरहेको छ भने उनको रगत टेष्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । 

अस्पताल स्रोतका अनुसार भट्टराई खतरामुक्त रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप