शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘गोपी’ को पहिलो गीत : ‘लक्ष्मी कहिले काली’

बुधबार, ०५ मङ्सिर २०७५, १८ : ०४
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं– दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ रिलिज गरिएको छ । साहित्यकार बुद्धिसागरको शब्द रहेको गीत अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । भजन शैलीको गीत भएकोले अर्जुनले भजन गायक पिताको सहयोग लिएका हुन् ।

गीतलाई धु्रब बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशिष अविरलको छ । आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा गोपी १८ माघबाट प्रदशर््नमा आउने चलचित्र हो । 
कथाकै मागअनुसार गीत तयार पारिएको निर्देशक लामा बताए । उनले थपे, ‘चलचित्रका मुख्य पात्र हिन्दु र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं ।’

गीतमा मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् ।  गोविन्द राईको नृत्य रहेको गीतमा तीनवटा भजनटोली, सयजना भन्दा बढी बृद्धबृद्धा र ३२ जना नृत्य कलाकार समावेश छन् । 

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप