बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बनाई नसक्दै कालोपत्रे उक्कियो, स्थानीयको बिरोध

सोमबार, ०९ साउन २०७४, १८ : ४७
सोमबार, ०९ साउन २०७४

समुन्द्रा घिमिरे


बेसीशहर । सडक कालोपत्रे गरेको दुई दिनपनि नवित्दै उक्किन थालेपछि स्थानीय आक्रोसित भएका छन । सदरमुकाम बेसीशहरको वडा नं. ८ कपुरेश्वर चोकदेखि कपुरेश्वर मन्दिर जाने सडकमा भएको कालोपत्रे दुई दिन मै उक्किएको हो । 

कच्ची सडक निर्माण भएको लामो समयपछि सुरु भएको कालोपत्रे उक्किएपछि स्थानीयले बिरोध गरेका छन् । निर्माण व्यवसायीको लापरबाही र नगरपालिकाको बेवास्ताले सडक कालोपत्रे राम्रो हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । 

स्थानीय यज्ञराज घिमिरेले कालोपत्रे गुणस्तरहिन भएको विषयमा धेरैपटक गुनासो गर्दापनि सुनुवाई नभएको बताए । ‘मापदण्ड अनुसार कालोपत्रे गरिएको छैन । बनाउन पाएको छैन उक्किन थालेको छ ।’, घिमिरेले भने, ‘मान्छे हिँड्दा त कालोपत्रे उक्किएको छ, यस्तोमा गाडी कसरी हिँडोस् ।’

स्थानीय करुणनीधि दनाईले कालोपत्रे गुणस्तरहिन भएको निर्माण व्यवसायीलाई जानकारी गराउँदा बेवास्ता गरिएकाले नगरपालिकामा जानकारी गराइएको बताए । कालोपत्रे दुई दिनपनि नटिकेपछि स्थानीयले शनिबार नगरपालिकाका मेयर, कार्यकारी अधिकृत, इन्जिनियरलगायतलाई बोलाएर देखाएका थिए ।

बेसीशहर नगरपालिकाको १७ लाख ९४ हजार लागतमा अधिकारी कन्ट्रक्सनले कालोपत्रेको काम गरेको हो । अनुगमनपछि बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले कालोपत्रे गुणस्तरीय नभएको पाइएको बताए । उनले निर्माण कम्पनीलाई पुनः कालोपत्रे गर्न लगाउने बताए । नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले कालोपत्रे गुणस्तरीय बनाउन निर्माण कम्पनीलाई भनिसकिएको बताए । 


नगरपालिका, स्थानीय र निर्माण व्यवसायीविच आइतबार विहानपनि यो विषयमा छलफल भएको बताइएको छ । छलफलमा कालोपत्रे गुणस्तरहिन भएको ठाउँमा पुनः निर्माण गर्ने सहमति भएको स्थानीयले बताएका छन् । 


निर्माण व्यवसायी पंकज अधिकारीले कामदारले राम्रो काम नगरेको पाइएको बताए । उनले हाल कालोपत्रेको काम भैरहेको र केही ठाउँमा कालोपत्रे कम भएको भेटिएकाले त्यहाँ पुनः काम गरिने बताए ।


२०५ मिटर लम्बाईको सो सडक कालोपत्रेको काम असार मसान्तमा सकिनुपर्ने थियो । 


हाल साउने झरीमा धमाधम कालोपत्रे गरिदैँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप