मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो ए थ्रीएस को मूल्य अव मात्र २४हजार ५ सय

बुधबार, ०५ मङ्सिर २०७५, १६ : ५५
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं । ओपोले आफ्नो निकै लोकप्रिय स्मार्ट फोन ए थ्रीएस (थ्रीजीबी) को मूल्यमा १ हजार ९ सयको कटौती गरेको छ ।

यसै बर्षको मध्य सेप्टेम्बरमा यसको मूल्य २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब बजारमा २४ हजार ५ सय ९०मा उपलब्ध हुनेछ । सुपर फुलस्क्रिन सहित सार्वजनिकगरिएको ए थ्रीएसए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो । कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ । 

एथ्री एस दक्षिण एसियामै १३+२ एमपी डुअल रियर क्यामेरा सहित सार्वजनिक ओपोको पहिलो उपकरण हो । फोनको १३ एमपी क्यामेरामा एफ २.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफ २.४ एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फीतथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफ २.२ एपर्चर सहितको ८ एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

३ जीबी र्याम र ३२ जीबी सञ्चय क्षमता, क्वालकम स्न्याप ड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नव प्रबर्तनात्मक फिचर्स सुसज्जित ए थ्रीएसको मुल्य अब २४ हजार ५ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडित ए थ्रीएसमा कलर ओएस ५.१मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली उपलब्ध गरिएको छ । फोनको सेन्सर अनबोर्डमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जी सेन्सर र एक्सेलेरोमिटर लगायत सुविधा जडित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप