शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकपछि अर्को विवादमा फसेपछि मार्क जुकरवर्गलाई फेसबुकको अध्यक्ष पद छाड्ने दबाव बढ्यो

बुधबार, ०५ मङ्सिर २०७५, १६ : ५३
बुधबार, ०५ मङ्सिर २०७५

एजेन्सी । फेसबुकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गमाथि कम्पनीका लगानीकर्ताहरुबाट राजीनामा गर्न दबाव बढेको छ । 

समाचार अनुसार फेसबुकको लगानीकर्ता कम्पनी ट्रिलियम एसेट म्यानेमेन्टका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले जुकरबर्गलाई अध्यक्षको पद छाड्न माग गरेका छन् । 

अमेरिकाको प्रसिद्ध समाचारपत्र न्यूयोर्क टाइम्समा केही दिनअघि फेसबुकबारे एक नकारात्मक रिपोर्ट आएपछि लगानीकर्ताहरुले जुकरवर्गमाथि असन्तुष्ट छन् । अघिल्लो बुधबार न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा फेसबुकले आफू विरोधी कम्पनीहरु विरुद्ध लेख्नको लागि पीआर फर्म डिफयनर्सलाई खटाएको उल्लेख छ । 

फेसबुकमा अध्यक्ष र सीईओ अलग अलग व्यक्ति हुनुपर्छ : लगानीकर्ता
ब्रिटिस समाचारपत्र गार्डियनसँग बोल्दै जोनसले भनेका छन्, “फेसबुक एक कम्पनी भएको नाताले यसको अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी फरक फरक व्यक्ति हुनुपर्छ ।”

उता डिफायनर्स विवादको बारेमा बोल्दै जुकरवर्गले आफूलाई डिफायनर्स र उसको कामबारेमा पहिले जानकारी नरहेको बताए । बिहिबारनै आफूले डिफयनर्ससँग कन्ट्रयाक्ट अन्त्य गर्ने पनि उनले बताए । 

ब्रिटेनका पूर्व प्रधानमन्त्रीको नियुक्तिमा पनि विवाद
फेसबुकले हालै ब्रिटेनका पूर्व प्रधानमन्त्री निक क्लेगलाई आफ्नो पोलिसि एण्ड कम्युनिकेशन विभागको ग्लोबल प्रमुख नियुक्त गरेको छ । उक्त नियुक्तीलाई लिएर पनि लगानीकर्ताहरु असन्तुष्ट रहेका छन् ।  

अर्को लगानीकर्ता नर्थस्टार एसेट म्यानेजमेन्टका प्रमुख कार्यकारी जूली गुडरिजले यसबारे बताउदै भने,“ यो पदमा बोर्ड र शिर्ष व्यवस्थापनको अधिनमा रहने गरि यस्ता व्यक्ति नियुक्त गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्दैन ।”

अध्यक्ष र सीईओ एउटै व्यक्ति हुदाँ कम्पनीलाई नोक्सान
फेसबुक लगानीकर्ता अर्जुन केपिटनका व्यवस्थापकीय सहयात्री नताशा ल्याबले कम्पनीमा अध्यक्ष र सीईओको पद एकै व्यक्तिसँग हुदाँ फेसबुकमा हुने समस्या ठीकसँग समाधान हुन नसक्ने बताइन् ।  
नताशाले फेसबुकका दुवै ठूला पद जुकरवर्गसँग हुदाँ कम्पनीले पछिल्लो समय देखा परेको समस्याहरुलाई स्वीकार्नुको साटो लुकाउन खोजेको बताइन् । उनका अनुसार यसले कम्पनीलाई फाइदाभन्दा बढी नोक्सानीनै भयो ।  

नर्थस्टार एसेटकी गुडरिजले जुकरवर्ग फेसबुकका अध्यक्ष भइन्जेल कम्पनीको शेयरमा गिरावट आइरहने बताइन् । उनले फेसबुकमा भइरहका नकारात्मक कामहरु नियन्त्रण गर्न जकरवर्गसँग प्रयाप्त शक्ति भएको तर पनि उनले कुनै कदम नचालेको बताइन् ।  

जुकरवर्गलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव दायर
अक्टोबरमा फेसबुकमा जुकरवर्गलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पनि दायर गरिएको छ । यो प्रस्तावलाई ट्रिलियम एसेट म्यानेजमेन्टले दायर गरेको हो । उसलाई न्यूयोर्क सिटी कन्प्ट्रोलरका स्कट स्ट्रिन्जर, पेन्सेल्वेनिया स्टेट ट्रेजररका जे टोर्सेला, इलिनियोस स्टेट ट्रेजररका माइकल फ्रेरिच र रोड आइसलाण्ड स्टेट ट्रेजररका सेठ म्यागजिनरले पनि समर्थन रहेको छ । 

जुकरवर्गलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव सन् २०१९ मेमा हुने वाला फेसबुकको शेयर होल्डर्सको वार्षिक वैठकमा पेश गरिनेछ । उक्त कुराको निर्णय मतदानले गर्नेछ ।  

जुकरवर्गलाई किन हटाउन चाहन्छन् शेयर होल्डर ?
स्टक स्ट्रिजरले एक वक्तव्य जारी गर्दै जुकरबर्गलाई अध्यक्ष पदबाट हटाउनुपर्ने कारण उल्लेख गरेको छ । उसले फेसबुकमा अलग अध्यक्ष नहुदाँ सन् २०१६ को अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप बढ्दा पनि कम्पनीले समस्यालाई सही सम्बोधन नगरेको बताए ।  

त्यस्तै क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ८.७ करोड प्रयोगकर्ताहरुको डाटा चोरेर त्यसलाई गलत प्रयोग गर्दा समेत फेसबुकले यसलाई सही सम्बोधन नगरेको बताए ।  

वक्तव्यमा फेसबुकमा भइरहेको फेक न्यूजको व्यापकता रोक्न पनि जुकरवर्ग असफल रहेको उल्लेख छ । 

अघिल्लो वर्ष पनि आएको थियो जुकरवर्ग हटाउने प्रस्ताव
सन् २०१७ मा पनि मार्क जुकरवर्गलाई फेसबुकको बोर्ड सदस्यबाट हटाउने प्रस्ताव ल्याईएको थियो । त्यो समय ५१% भोट यो प्रस्तावको समर्थनमा परेको थियो । तर मार्क जुकरवर्गसँग रहेको ठूलो संख्याको शेयरले गर्दा यो प्रस्ताव असफल भएको थियो ।  

खासमा फेसबुकमा दुई खालको शेयरको व्यवस्था रहेको छ । त्यहाँ क्लास–ए र क्लास–बी शेयर रहेको छ । यसमा क्लास–बी शेयर होल्डरसँग क्लास–ए शेयरहोल्डर्सको तुलनामा १० गुणा बढी भोटिङ पावर हुन्छ ।

मार्क जुकरवर्गसँग शक्तिशाली क्लास–बी शेयरको उलेख्य संख्या रहेकाले पछिल्लो वर्ष ल्याइएको प्रस्ताव असफल भएको थियो । यही कारणले अर्को वर्ष ल्याइने प्रस्ताव पनि असफल हुन सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप